एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १०, २०७९
|
|
४७ पटक हेरिएको
Shares
एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय गरिएको छ ।
  • नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो ।

काठमाडौँ । नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै जनसङ्गठनले चैत मसान्तभित्र अधिवेशन÷सम्मेलनका लागि मिति घोषणा गरेका हुन् । गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसङ्गठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन÷ सम्मेलन गर्ने निर्णय गरेका थिए ।

सदस्य खड्काले सबै जनसङ्गठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन÷सम्मेलनको मिति तोकेको जानकारी दिनुभयो । उहाँका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा, नेपाल खेलकुद महासङ्घको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौँमा सम्मेलन हुने भएको छ ।

यस्तै लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको चैत १८ र १९ गते काठमाडौँ, नेपाल पिछडा वर्ग महासङ्घको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासङ्घ नेपालको चैत २४ र २५ गते काठमाडौँमा, अखिल नेपाल महिला सङ्घको चैत २५ देखि २६ गते काठमाडौँमा, अखिल नेपाल किसान महासङ्घको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा सङ्घको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ।

एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि जनवर्गीय सङ्गठनका अधिवेशन नियमित हुन सकेका थिएनन् । एमालेका २३ जनवर्गीय सङ्गठन छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याउले धनी बन्दै कर्णाली
स्याउले धनी बन्दै कर्णाली
रवि लामिछानेलाई शपथ लिन बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेलाई शपथ लिन बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश
Oops! Kajol slips and fall down at an event in Mumbai, watch video
Oops! Kajol slips and fall down at an event in Mumbai, watch video
पाँचथर : राप्रपाको समर्थनमा कांग्रेसले गर्‍यो मनोनयन दर्ता
पाँचथर : राप्रपाको समर्थनमा कांग्रेसले गर्‍यो मनोनयन दर्ता
सुदूरपश्चिमः राजधानीबारे पुनःविचार गर्न प्रतिपक्षी दल काङ्ग्रेसकाे माग !
सुदूरपश्चिमः राजधानीबारे पुनःविचार गर्न प्रतिपक्षी दल काङ्ग्रेसकाे माग !
युट्युबमा हिट हुदै शर्मिला बर्देवाको नया भिडियो  “मेरो ठुम्कामा”
युट्युबमा हिट हुदै शर्मिला बर्देवाको नया भिडियो “मेरो ठुम्कामा”
एक्सन थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन् डेनी पुत्र
एक्सन थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन् डेनी पुत्र
आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन प्रधानमन्त्रीको कडा निर्देशन
आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन प्रधानमन्त्रीको कडा निर्देशन
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
जनयुद्ध शुरु गर्ने बेला जब बाबुरामले राजीनामा दिए
जनयुद्ध शुरु गर्ने बेला जब बाबुरामले राजीनामा दिए