जेल बसेका नेताले जेलतिर फर्केर कहिल्यै हेरेनन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ४, २०७४
|
|
३७ पटक हेरिएको
Shares
जेल बसेका नेताले जेलतिर फर्केर कहिल्यै हेरेनन्

सारांश

  • ‘जेलमा बसेर सबै ठूला नेता भए।
  • तर, आज आफैँ बसेको जेलतर्फ फर्केर हेरेनन्।
  • ’ जेलको अवस्था देखेर चिन्तित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार प्रमुख गणेशप्रसाद भट्टराईका भनाइ हुन् यी।

‘जेलमा बसेर सबै ठूला नेता भए। तर, आज आफैँ बसेको जेलतर्फ फर्केर हेरेनन्।’ जेलको अवस्था देखेर चिन्तित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार प्रमुख गणेशप्रसाद भट्टराईका भनाइ हुन् यी।जेलमै बसेर ठूला नेता भए पनि दयनीय अवस्थाका विषयमा चासो नदिएको गुनासो उनको छ। ‘हेरौं अब त केही हुन्छ कि !’ दिक्दारी भाषामा भट्टराई भन्छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

०२८ सालको झापा काण्डदेखि तत्कालीन मालेका नेता राधाकृष्ण मैनालीले निरन्तर १५ वर्ष जेलमै जीवन बिताए। उनी पटक-पटक मन्त्री पनि बने तर आफैं जेल सुधार गर्न नसकेको स्विकार्छन्। सुधारका लागि एकपल्ट जेल नै खाली गर्ने प्रस्ताव राखेको समेत उनले सुनाए। जेलमा रहँदा पेट भर्न र आङ ढाक्नै संकट हुने गरेको सम्झना उनको छ। ‘जेल बस्दाको अन्तस्करणको कुरा बिर्सनु मार्मिक विषय हो। म पनि ९÷१० महिना गरी दुई पटक मन्त्री भएँ। बन्दीगृह र बन्दीबारे खासै निर्णय गर्न र गराउन भने सकिनँ,’ उनले अन्नपूर्णसँग भने, ‘राजनीतिक परिवर्तन भए पनि मुलुकको आर्थिक विकास नभएकाले जेल मात्र होइन, बन्दीको जीवन पनि जीर्ण बन्दै गएको छ। गणतन्त्र घोषणा भएपछि स्थितिमा सुधार ल्याउन एकपल्ट जेल नै खाली गरौं भनेर पनि प्रस्ताव गरेँ तर केही प्रगति भएन।’

मैनालीका अनुसार त्यसबेला शान्तिप्रक्रिया पूर्णरूपमा टुंग्याउने र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगको काम सम्पन्न भएपछि जेलको पुनःसंंरचनामा अघि बढ्ने भनेर पन्छिने काम भयो। ‘आफ्नै खेतमा पानी पटाउनेबारे नसोच्ने नेताहरूले जेलबारे सोच्ने कुरै भएन,’ उनले भने। उनले स्वास्थ्योपचार नपाएर जेलमै बितेका छविलाल राजवंशीलाई पनि सम्झिए। आफ्नै आँखासामुबाट लग्दै भीमनारायण श्रेष्ठ र क्याप्टेन यज्ञबहादुर थापालाई फाँसी दिइएको घटनाले मैनाली भावुक बने। ‘जेल जीवनका ती दुर्दान्त घटना आँखावरिपरि घुम्दा पीडा अनुभूत हुन्छ’, उनले भने।

जेलमा बस्दा खुला बन्दीगृहसम्मको योजना बनाएका उनीहरूले विधि र व्यवहारमा उपलब्धि देखाउन नसकेको नेताहरू बताउँछन्। वर्षौंसम्म जेलका कालकोठरीमा बन्दी जीवन बिताउने नेताहरूले बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि जेल सुधारमा आँखा चिम्लिएका कारण स्थिति जर्जर बनेको हो।

पटकपटक गृहमन्त्री बनेका एमाले नेता वामदेव गौतम पनि पञ्चायतकालमा जेलनेल खेपेका आस्थाका बन्दी हुन्। उनी जेलको अवस्था जर्जर रहेको तथ्य स्विकार्छन्। गौतमले दुई वर्ष निरन्तर बन्दी जीवन र त्यसपछि भैरहवा, दमौली, पोखरा र सेन्ट्रल जेलमा संघर्षपूर्ण दिन बिताएको स्मरण पनि गराए। जेलमा पुनःसंरचनाका लागि गृहमन्त्री भएका बखत नुवाकोटको विदुर र बाँकेको नौबस्तामा ठूलो सुधार गृह निर्माण योजना ल्याएको उनले बताए। ‘अहिले राजनीति गर्ने हुन् वा विविध अपराधमा संलग्नलाई चरम यातना नहोस्, नागरिक हक अधिकारको उपयोग गर्न पाउन् भनेर मैले काम गरेको थिएँ,’ उनको दाबी छ।

आफू गृहमन्त्री हुँदा कारागारको भौतिक र व्यवस्थापकीय पक्ष सुधार कार्यदल २०६८, कारागार सुधार उच्चस्तरीय सुझाव समिति २०६४, कारागार सुधार समिति २०६३, बद्रीराम भण्डारीको अध्यक्षतामा गणित कारागार भौतिक व्यवस्थापन अध्ययन कार्यदल, २०५३ ले दिएका सुझाव कार्यान्वयनका लागि भूमिका खेलेको दाबीसमेत गरे। ‘बाँकेको नौबस्ता र बिदुर बन्दीगृह निर्माणपछि अब राजधानीका सेन्ट्रल, भद्रगोल, डिल्लीबजार सदरखोर, नख्खुलगायत बन्दीगृह स्वतः हट्नेछन्,’ गौतम भन्छन्, ‘मेरो महŒवपूर्ण जीवन नै बन्दी र भूमिगत रूपमा बितेकाले नुवाकोटको बिदुर र बाँकेको नौबस्तामा अत्याधुनिक सुधारगृहका लागि पहल गरेको हुँ, योजना पनि बनेको छ,’ उनले भने। प्रजातान्त्रिक आन्दोलनमा लाग्ने कम्युनिस्ट र कांग्रेसझैँ अरूले चरम यातना नपाउन् भनेर जेलमा आमूल सुधारको विकल्प नरहेको गौतमले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनकाण्ड:  ठूला ‘माछा’ सहित फस्ने भए यी भीआइपीहरू!
सुनकाण्ड: ठूला ‘माछा’ सहित फस्ने भए यी भीआइपीहरू!
चुनावपछि मात्रै पार्टी एकता : अध्यक्ष दाहाल
चुनावपछि मात्रै पार्टी एकता : अध्यक्ष दाहाल
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्
वाम गठबन्धनले देउवा सरकारका निर्णय बदर  गर्ने तयारी
वाम गठबन्धनले देउवा सरकारका निर्णय बदर गर्ने तयारी
अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छः ट्रम्प
Lata Mangeshkar’s family miffed with Karan Johar for using K3G song in a masturbation scene!
Lata Mangeshkar’s family miffed with Karan Johar for using K3G song in a masturbation scene!
कोरिया छिट्टै विकसित हुनु मिहेनतको फल : राजदूत सिक
प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा
प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसरी गरे सरकारकाे प्रशंसा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसरी गरे सरकारकाे प्रशंसा

तपाईंले छुटाउनुभयो कि?