मौन अवधि जारी रहँदा मंगलबार राति जनकपुरको देवीचोकमा धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र महतोलाई रोक्न खोज्दा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ।
राति सवा ११ बजे भएको झडपका क्रममा राजपाका केही कार्यकर्ता सामान्य घाइते भएको राजपा नेता जानी खानले बताए।
कांग्रेसका युवा नेता राकेशविक्रमले महतोले मौन अवधिमा पैसा बाँड्न गएको आरोप लगाउँदै आफूहरुले लखेटेको बताएका छन्। राजपा नेता खानले भने व्यक्तिगत कामले निस्किएका महतोमाथि आक्रमण भएको बताए।
जनकपुरको संकटमोचन, बाह्रबिघा नजिकको घरमा डेरा गरी बसेका महतो आफ्ना कार्यकर्तासहित मंगलबार राति बाहिर निस्केका थिए। सुरुमा जनकपुर १६ को कपिलेश्वरमा जाँदा पनि कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेको र जनकपुर सहरभित्र छिरेर एक जना डेन्टल अस्पतालका मालिकलाई भेटेर निस्कँदा पनि ढुंगामुढा गर्ने क्रममा झडप भएको खानले बताए।
महतो निवासमा सकुशल छन्।
धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुँदैछ।
Dipendra Keshari Basnet
यो त मरेपनि हुन्छ
Jewan Sapkota
Kasta chan manxay pani ..Sidai marnu ni yesta lai ..Kina akramad matra ..#good luck for next time
Lalbahadur Budha
सिधा मर दलहाे याे
Nagendra Budha Dailekhi
धोती हो मरेनि हुन्छ।देश टुक्रा पार्न खोज्ने ।
Raju Shrestha
Behaar tira lagarnu parni