नागाबाबाबारे के सोच्छन् महिला ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १३, २०७३
|
|
२४४ पटक हेरिएको
Shares
नागाबाबाबारे के सोच्छन् महिला ?

सारांश

  • नागा बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै गएका छन् ।
  • युवा पुस्ताले नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो मान्दैनन् ।
  • तर पाका महिला भने नागाबाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन् ।

नागा बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै गएका छन् । युवा पुस्ताले नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो मान्दैनन् । तर पाका महिला भने नागाबाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन् ।

‘यो धार्मिक स्थल भएकोले नांगै बस्नु उचित होइन । भगवानको दर्शन गर्न भनेर आएको मन्दिर परिसरमा नांगा मान्छे देखेपछि खल्लो महसुस हुनेरहेछ । परम्परा भएपनि नागाबाबाले गुप्ताङ छोप्नुपर्छ ।’ रामकला तिवारीले भनिन् ।

‘जेठाजुलाई कपाल नदेखाउने प्रचलनमा हुर्किएकी हुँ बाबाको नांगो दृश्यले भगवानकै अपहेलना गरेजस्तो लाग्छ ।’ इन्द्रकुमारी खत्रीले बताइन् ।

कोही महिला भने नांगो दृश्यले खासै अपठ्यारो नपर्ने बताउँछन् । ‘आफ्नै मान्छे नांगो बसेको पो असहज हुनु चिन्दै नचिनेको व्यक्ति भएकाले नांगो बसेका बाबाले कुनै नराम्रो गरेजस्तो लाग्दैन । नागाबाबा शिवरात्रीकै आकर्षक पनि हो ।’ राधिका लामिछानेले भनिन् । बाबाहरुको अभद्र व्यवहार भने उनलाई मन नपर्ने बताइन् ।

कतिपय बाबाले युवती देखेपछि पछ्याउने, आशिर्वाद दिएको भन्दै कुचाले टाउकोमा हिर्काउने, लिंगको खरानी लगाउन अनुरोध गर्ने बानीले भने धेरै महिला पीडित हुने गरेका छन् । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?