६५ प्रतिशत मत खस्यो, ७० पुग्दैन-प्रमुख निर्वाचन आयुक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२० पटक हेरिएको
Shares
६५ प्रतिशत मत खस्यो, ७० पुग्दैन-प्रमुख निर्वाचन आयुक्त

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा ६५ प्रतिशतभन्दा बढि मतदान भएको जानकारी दिएको छ ।
  •   प्रमुख निर्वाचन आयुक्त डा.

काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा ६५ प्रतिशतभन्दा बढि मतदान भएको जानकारी दिएको छ ।

 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,‘जम्मा ६५ प्रतिशतभन्दा बढि नै मतदान भएको छ, तर ७० प्रतिशत नपुग्ने भयो, अहिले ६ बजेर पत्रकार सम्मेलन गरेर हामी सम्पूर्ण जानकारी दिन्छौं ।’ यादवले निर्वाचन सफल रुपमा सम्पन्न भएकोमा जनतालाई बधाई समेत दिए । उनले थपे,‘ऋषिजी तपाईहरुकै मेहनत, सहयोग र सद्भावले हामीले आजको निर्वाचनमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सक्यौं, यो निकै खुशीको कुरा हो।’

उनले दिएको जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भएको छ । सबैभन्दा बढी सुर्खेतमा ६३, मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत मतदान भएको छ । त्यसैगरी, इलाम, झापा, धनकुटा, रौतहट, सिन्धुली काठमाडौं, भक्तपुर, चितवनलगायतका जिल्लामा ५५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?