दोस्रो चरणको मत गणना ललितपुरबाट शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
दोस्रो चरणको मत गणना ललितपुरबाट शुरु

सारांश

  • काठमाडौं – प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनको मत गणना भइरहदा दोस्रो चरणको मतगणना ललिपुरबाट शुरु भएको छ ।
  • रातको १ बजेदेखि ललितपुर  क्षेत्र नं २ र ३ को मतगणना सुरु भएको हो ।
  • क्षेत्र नं १ को मतगणना भने शुक्रबार बिहानदेखि मात्रै सुरु गर्ने तयारी भएको जनाएको छ ।

काठमाडौं – प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनको मत गणना भइरहदा दोस्रो चरणको मतगणना ललिपुरबाट शुरु भएको छ ।

रातको १ बजेदेखि ललितपुर  क्षेत्र नं २ र ३ को मतगणना सुरु भएको हो । क्षेत्र नं १ को मतगणना भने शुक्रबार बिहानदेखि मात्रै सुरु गर्ने तयारी भएको जनाएको छ ।

ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा ७२ प्रतिशत मत खसेको छ ।  चुनावमा पूर्व डिआइजी नवराज सिलवाल र कांग्रेस उम्मेदवार उदयशमशेर राणाबिच तीव्र प्रतिस्पर्धा रहेको छ भने, क्षेत्र नं २ मा कांग्रेसका चन्द्र महर्जन र एमालेका कृष्णलाल महर्जनबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

त्यस्तै, क्षेत्र नं. ३ मा वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषाल र कांग्रेसबाट मदन बहादुर अमात्य उम्मेदवार छन ।

(https://chiringa.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?