अर्घाखाँचीमा विदेशी भेला गराई ‘नांगाे’ पार्टी आयोजना गर्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
अर्घाखाँचीमा विदेशी भेला गराई ‘नांगाे’ पार्टी आयोजना गर्ने  पक्राउ

सारांश

  • काठमाडाै, १७ कात्तिक ।
  •    अर्घाखाँचीमा विदेशी नागरिक भेला गराई उच्छृंखल गतिविधि ‘ट्रान्सपार्टी’ आयोजना गरेको आरोपमा प्रहरीले सुशान्त पौडेललाई पक्राउ गरेको छ।
  •  सुशान्त नेपाल सरकारका उपसचिवका छाेरा हुन्।

काठमाडाै, १७ कात्तिक ।   अर्घाखाँचीमा विदेशी नागरिक भेला गराई उच्छृंखल गतिविधि ‘ट्रान्सपार्टी’ आयोजना गरेको आरोपमा प्रहरीले सुशान्त पौडेललाई पक्राउ गरेको छ। सुशान्त नेपाल सरकारका उपसचिवका छाेरा हुन्। उनी कार्यक्रमको मुख्य आयोजक रहेको प्रहरीकाे दाबी छ। शुक्रबार जिल्लाको बुङ्ची खोला बगरमा २५ देशका ४० भन्दा बढी नागरिक नग्न अवस्थामा नुहाइरहेको खबर आएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

उनीहरू बगर किनारको निजी जग्गामा टेन्ट हालेर रमाइलो गरिरहेका थिए। घटनामा संलग्न स्थानीय मोतीराम गैरे र शालिकराम पौडेललाई यसअघि नै नियन्त्रणमा लिइसकेको छ।

कार्यक्रमको मुख्य आयोजक भनिएका सुशान्त पौडेलको प्रहरीले खोजी गरिरहेको थियो। ‘उनलाई हामीले पक्राउ गरेका छौं,’ प्रहरी निरीक्षक परियारले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’ प्रहरीका अनुसार पौडेल अस्ट्रेलिया अध्ययन सकेर फर्किएका थिए। लागूऔषध मनोरञ्जनका लागि गोप्य स्थान खोज्दै उनीहरू त्यहाँ पुगेको प्रहरीको अनुमान छ। रम्बो टुगेदर ग्रुपका नामले विश्वमा परिचित यसका ६० हजार सदस्य रहेको बताइएको छ। ‘हामीहरू शान्त एकान्त ठाउँ जहाँ पानी र प्रकृतिसँग रमाउन सकियोस् भनेर आएका हौ,’ पौडेलले प्रहरीसँग प्रारम्भिक बयानमा भनेका छन्।

उनीहरूका साथबाट अहिलेसम्म कुनै पदार्थ बरामद भने भएको छैन। प्रहरी पुग्नुअघि नै लागूअाैषध जलाएकाे वा बगाएकाे प्रहरीकाे अाशंका छ। शीतगंगा नगरपालिका भित्र पर्ने उक्त क्षेत्रमा विदेशी नागरिकहरुको समूहले अनुमति लिन नगरपालिकामा निवेदन दिएका थिए। नगरपालिकाले यसप्रकारको कार्यक्रमको अनुमति जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको मेयर सूर्यप्रसाद अधिकारीले जानकारी दिए। प्रहरीका अनुसार विदेशी नागरिकको यो समूहसँग सरकारी निकायले दिएको कुनै अनुमति छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?