कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार नाघ्यो, ५ सय ६५ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
३० पटक हेरिएको
Shares
कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार नाघ्यो, ५ सय ६५ जनाको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • चीनमा फैलिएको कोरोना भाइरसबाट ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
  • आज बिहीबार बिहानसम्म ५ सय ६३ जनाको ज्यान गएको र हालसम्म २८ हजार १८ जना संक्रमित भएको चाइना डेलीले जनाएको छ ।

काठमाडौँ । चीनमा फैलिएको कोरोना भाइरसबाट ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

आज बिहीबार बिहानसम्म ५ सय ६३ जनाको ज्यान गएको र हालसम्म २८ हजार १८ जना संक्रमित भएको चाइना डेलीले जनाएको छ । चीनमा बुधबार ६६ तथा मंगलबार ६४ जनाको ज्यान गएको थियो ।

यसअघि उक्त भाइरसका कारण फिलिपिन्समा एक र हङ्कङ्मा एक जनाको ज्यान गइसकेको छ ।

चीन बाहिर ४० देशमा कोरोनाको प्रकोप देखिएको र उक्त भाइरसबाट करिब ८० जनाभन्दा बढी संक्रमित भएका छन् ।

यसैगरी कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र चीनमा रहेका एक सय ८० जना नेपालीलाई नेपाल फर्काउँदै छ । सरकारले ती नेपालीलाई काठमाडौँ ल्याउन २ विमान तयारी अवस्थामा राखेको छ।

यसअघि अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, भारत र अन्य देशले वुहान र वरपर रहेका आफ्ना नागरिकलाई फिर्ता लगेका थिए।

पछिल्लो विवरणअनुसार ताइवानले पनि वुहानबाट आफ्ना झन्डै ५०० नागरिकको उद्धार गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।

(https://mclaneedgers.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?