मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी

सारांश

  • बेनी :हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
  • प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्।
  • उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत ल्याएका थिए।

बेनी :हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत ल्याएका थिए। यी दुई उम्मेदवार दोश्रो संविधानसभा निर्वाचनमा पनि भिडेका थिए। त्यसबेला प्रेमप्रसाद स्वतन्त्रबाट प्रत्यासी थिए। उनलाई रोमीले ११ मतले पराजित गरेका थिए। प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र क तर्फ लोमान्थाङका इन्द्रधारा विष्ट ११६७ मत ल्याएर विजयी भएका छन्।

उनी एमालेबाट उम्मेदवार भएका हुन्। उनका निकटमक प्रतिबद्वन्द्वी कांग्रेसका मिङकर गुरुङले ६५७ ल्याएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै, प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र खमा वाम गठठबन्धनकै महेन्द्रबहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन्।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङधावा गुरुङले २२५९ मत ल्याएका छन्। ९ हजार ४ सय २७ मतदाता रहेको मुस्ताङमा ४६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jeevan Gauchan

    बधाई छ बामगठमन्डनकासबै बीजयी नेताहरुलाई अब काङ्ग्रेसले भन्दा धेरै बिकाश गरेर देखाउनु पर्यो भ्रष्टाचार र नातावाद निरमुलगर्दै देसबिकाश गरि धौलागिरी अन्चलका ४ जिल्लालाई स्विजरल्यानड बनाउने सङकलप भिजन १०बर्षको योजना अगाडि ल्याउनु हुनेछ ।। धन्यवाद

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?