लोकसेवा आयोगले बुधबार खरिदार पदको विज्ञापन खोल्ने: एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउने अयोग्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १९, २०७३
|
|
१२११ पटक हेरिएको
Shares
लोकसेवा आयोगले बुधबार खरिदार पदको विज्ञापन खोल्ने: एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउने अयोग्य

सारांश

  • एसएलसी परीक्षामा कम्तीमा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थी मात्रै लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
  • एसएलसी उत्तीर्ण शैक्षिक योग्यता भएका परीक्षार्थीहरु खरिदार वा सो सरहको परीक्षाका लागि सामान्यतः योग्य ठहरिन्छन् ।
  • लोकसेवा आयोगले हालै शिक्षा मन्त्रालयसँग समन्वय गरेर खरिदार परीक्षाका लागि शैक्षिक योग्यता निर्धारण गरेको हो ।

एसएलसी परीक्षामा कम्तीमा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थी मात्रै लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

एसएलसी उत्तीर्ण शैक्षिक योग्यता भएका परीक्षार्थीहरु खरिदार वा सो सरहको परीक्षाका लागि सामान्यतः योग्य ठहरिन्छन् । लोकसेवा आयोगले हालै शिक्षा मन्त्रालयसँग समन्वय गरेर खरिदार परीक्षाका लागि शैक्षिक योग्यता निर्धारण गरेको हो ।

लोकसेवा आयोगका सहसचिव एवम् प्रवक्ता लक्ष्मीविलास कोइरालाले अनलाइनखबरसँग भने, ‘अब खरिदारको परीक्षा दिनका लागि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) कम्तीमा २ वा २ भन्दा माथि हुनुपर्छ । यो भनेको ‘सी’ वा ‘सी’ भन्दा माथिको ग्रेड हो ।’

राष्ट्रिय परीक्षा बोर्डले गत वर्षदेखि नौ वटा ग्रेडमा एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दै आएको छ । एसएलसी परीक्षाको प्राप्ताङ्कका आधारमा विद्यार्थीहरुले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’, ‘सी’, ‘डी प्लस’, ‘डी’ र ‘ई’ ग्रेड पाउँछन् । तर, खरिदार पदका लागि शैक्षिक योग्यता के हो भन्ने अन्योल थियो ।

अब भने त्यो अन्योल अन्त्य भएकोले खरिदार पदको विज्ञापन खुलाउने तयारी गरेको लोकसेवा आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता कोइरालाले भने, ‘आगामी बुधबार खरिदार पदको विज्ञापन खोल्छौं । यो ग्रेड सिस्टमको पहिलो परीक्षा हुनेछ, जसमा सहभागी हुन एसएलसीमा कम्तीमा सी ग्रेड ल्याएको हुनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चामलको बोरामा मुसाले प्वाल पारेपनि सरकारलाई नै गाली : प्रम ओली
चामलको बोरामा मुसाले प्वाल पारेपनि सरकारलाई नै गाली : प्रम ओली
त कांग्रेस म एमाले,कुरो कहाँ मिल्छ:प्रतिक
त कांग्रेस म एमाले,कुरो कहाँ मिल्छ:प्रतिक
आजदेखि सुरु भयो कांग्रेसको घर–घर जाऔं कांग्रेस जिताऔ अभियान
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम
आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम
देशभर तीन दिनसम्म तुँवालो रहने
देशभर तीन दिनसम्म तुँवालो रहने
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
नयाँ रेकर्ड राख्यो सुनको मूल्यले, कतिमा हुँदैछ कारोबार ?
नयाँ रेकर्ड राख्यो सुनको मूल्यले, कतिमा हुँदैछ कारोबार ?
प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्
प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्

तपाईंले छुटाउनुभयो कि?