निर्वाचनमा बदर मतप्रतिशत घटाउने आयोगको योजना यस्तो छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २४, २०७३
|
|
१९४ पटक हेरिएको
Shares
निर्वाचनमा बदर मतप्रतिशत घटाउने आयोगको योजना यस्तो छ

सारांश

  • निर्वाचन आयोगले मतदाता शिक्षा अभियानका लागि देशभर एकैसाथ करिब २२ हजार स्वयम्सेवक परिचालन गर्ने तयारी थालेको छ ।
  • निर्वाचनमा जनसहभागिता बढाउन र बदरमत न्यूनीकरण गर्न आयोगले यस्तो अभियानको तयारी अघि बढाएको हो ।
  • संविधानसभाको दोस्रो निर्वाचनमा देशभर करिब ७ लाख अर्थात ५ प्रतिशत मत बदर भएको थियो ।

निर्वाचन आयोगले मतदाता शिक्षा अभियानका लागि देशभर एकैसाथ करिब २२ हजार स्वयम्सेवक परिचालन गर्ने तयारी थालेको छ ।
निर्वाचनमा जनसहभागिता बढाउन र बदरमत न्यूनीकरण गर्न आयोगले यस्तो अभियानको तयारी अघि बढाएको हो ।

संविधानसभाको दोस्रो निर्वाचनमा देशभर करिब ७ लाख अर्थात ५ प्रतिशत मत बदर भएको थियो । निर्वाचन आयोगले त्यस्तो बदरमत घटाउन चैत्र अन्तिम साताबाट मतदाता शिक्षा अभियान चलाउन लागेको हो ।

निर्वाचन आयोगले एक निर्वाचन केन्द्रमा कम्तिमा एकजनाका दरले करिब २२ हजार मतदाता शिक्षा स्वयमसेवकहरु परिचालन गर्ने तयारी गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् ।

त्यसरी खटाइएको मतदाता शिक्षा स्वयम्सेवकले हरेक मतदाताको घरदैलोमा पुगेर नमूना मतपत्र मार्फत मतदाता शिक्षा दिनेछन् ।

यस्तै निर्वाचन आयोगले विभिन्न संचारमाध्यमबाट समेत मतदाता शिक्षा कार्यक्रम चलाउने तयारी गरेको छ । विभिन्न टेलीश्रृखला, सडक नाटक, टेलिभिजन सामाग्री, फोटो र पम्प्लेटको माध्यमबाट मतदाता शिक्षा सञ्चालन गर्ने आयोगले तयारी गरेको हो ।

यस्तै आयोगले चैत्र महिना र बैशाख अन्तिम साताभरी रेडियो, पत्रपत्रिका र अनलाइनमाध्यमबाट समेत मतदाता शिक्षा अभियान चलाउने गृहकार्य थालेको छ ।

यसअघि २०७० सालको निर्वाचनमा बदरमत घटनामा आयोगले २९ हजार ७ सय ८ जना स्वयमसेवक परिचालन गरेको थियो । र पनि बदरमत ५ प्रतिशत रहेको थियो ।

२०७० को निर्वाचनमा सबै भन्दा बढी बदरमत प्रतिशत भएको जिल्ला डडेलधुरा रहेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुराको करिब ९ प्रतिशत मत बदर भएको थियो ।

सबैभन्दा कम मत बदरहुने जिल्ला लमजुङ्ग रहेको थियो । लमजुङ्गमा कुल खसेको मतमध्ये ०.९ प्रतिशत मत बदर भएको थियो ।

देशको अधिकांश जिल्लामा ४ देखि ५ प्रतिशत मत बदर भएको थियो । २०७० सालमा केही जिल्लाको बदर मत प्रतिशत यस्तो रहेको छ । इलाममा ५.६ प्रतिशत मत बदर भएको थियो ।

झापा जिल्लामा करिब ६ प्रतिशत बदर भयो । यस्तै संखुवासभा ७.०३ प्रतिशत, धनकुटामा ६.२४ प्रतिशत, तेह्रथुममा ५.६३ प्रतिशत, सुनसरीमा ६.७२ प्रतिशत, सोलुखुम्बुमा करिब ८ प्रतिशत, ओखलढुंगामा ६.२९ प्रतिशत मत बदर भएको थियो ।

यस्तै सप्तरीमा ६.४४ प्रतिशत, सिराहामा ६.७८ प्रतिशत, दोलखामा ६.११ प्रतिशत, धादिङ्गमा २.९९ प्रतिशत, नुवाकोटमा ३.९६ प्रतिशत र काठमाडौमा ४.६८ प्रतिशत मत बदर भएको थियो । यसैगरि पर्सामा ५.३८ प्रतिशत, अर्घाखाँचीमा २.८७ प्रतिशत, म्याग्दीमा १.६५ प्रतिशत, रुकुममा २.९९ प्रतिशत, रोल्पामा २.५६ प्रतिशत, जाजरकोटमा १ .८१ प्रतिशत र डडेलधुरामा ८.९५ प्रतिशत मत बदर भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको ?
बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको ?
चुनाव जित्न सबै ‘हत्कण्डा’
चुनाव जित्न सबै ‘हत्कण्डा’
रौतहटका ३६०० नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
रौतहटका ३६०० नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
नेकपामा जनवर्गीय संगठनको एकता अन्याेलमा
नेकपामा जनवर्गीय संगठनको एकता अन्याेलमा
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
राजदूत निरञ्जन थापा फिर्ता, अञ्जान शाक्य इजरायलका लागि नयाँ राजदूत
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
वाग्मती सफाइले पनि बचाउन सकेन माछा
वाग्मती सफाइले पनि बचाउन सकेन माछा
काठमाडौँ उपत्यकाका ८ कोरोना संक्रमित सम्पर्क बाहिर