नेकपामा जनवर्गीय संगठनको एकता अन्याेलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
३५ पटक हेरिएको
Shares
नेकपामा जनवर्गीय संगठनको एकता अन्याेलमा

सारांश

  • काठमाडाैं।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण भएको एघार महिनापछि ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन ।
  • सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय संगठनको एकताका बारेमा छलफल नै अगाडि बढ्न सकेको छैन ।
काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण भएको एघार महिनापछि ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन । सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय संगठनको एकताका बारेमा छलफल नै अगाडि बढ्न सकेको छैन । ७७ जिल्लाका अध्यक्ष र सचिवालयको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको टुंगो लगाउन सचिवालयको बैठक बस्न सकेको छैन।
पार्टी एकतापछि पदाधिकारीको टुंगो लगाउन बनेको मापदण्ड अध्यक्ष र सचिव चयनमा भत्किएको छ । जिल्लाको एकता टुंगोसँगै जनवर्गीय संगठनको एकतामा पनि सोही मापदण्डअनुसार तय गरिनुपर्ने दबाब नेतृत्वलाई शुरु भएको छ ।
७ सय ५३ स्थानीय पार्टी कमिटीको एकता प्रक्रियामा पनि सोही मापदण्ड बनाउने कि नबनाउने भन्ने विषयमा सचिवालयभित्र विवाद रहेको छ । जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जिल्ला कमिटीले पूर्णता पाउन सकेको छैन । स्थानीय तहको कमिटीको अन्योल पनि कायमै छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अनौपचारिक छलफल भए पनि मापदण्डको टुंगो लाग्न सकेको छैन । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल चीन भ्रमणमा रहेकाले पनि केही दिन सचिवालयको बैठक नबस्ने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा पनि भेटियो कोरोना भाइरस संक्रमित
नेपालमा पनि भेटियो कोरोना भाइरस संक्रमित
चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु
चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु
फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने, सबै तयारी पुरा
फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने, सबै तयारी पुरा
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न
नगर प्रहरीको कामबाट सबै खुसी छन् : नगर प्रमुख चिरीबाबु
नगर प्रहरीको कामबाट सबै खुसी छन् : नगर प्रमुख चिरीबाबु
सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही
सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही
डोटीमा देउवाको शवयात्रा र अन्त्येष्टि, कांग्रेस सभापतिसहित ३५ जनाको सामूहिक राजीनामा
डोटीमा देउवाको शवयात्रा र अन्त्येष्टि, कांग्रेस सभापतिसहित ३५ जनाको सामूहिक राजीनामा
आज ९० जना थपिएसँगै कोरोना संक्रमितको संख्या नाघ्यो ७००
आज ९० जना थपिएसँगै कोरोना संक्रमितको संख्या नाघ्यो ७००
क्षेत्र निर्धारण पछि काभ्रेमा उमेदवारको चर्चा कस – कसको चर्चा ???
क्षेत्र निर्धारण पछि काभ्रेमा उमेदवारको चर्चा कस – कसको चर्चा ???
वृद्ध भत्ता ५ हजार पुराउने सरकारको तयारी
वृद्ध भत्ता ५ हजार पुराउने सरकारको तयारी

तपाईंले छुटाउनुभयो कि?