केभने बामदेव गौतमले हरे पछि-विज्ञप्ति सहित !
सारांश
- काठमाडौं, २४ मंसिर– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वर्दिया क्षेत्र नं १ वाट आफू पराजित हुनु परे पनि वाम गठबन्धनले देशब्यापी रुपमा विजय हासिल गरेको भन्दै गठबन्धनको उद्धेश्य पूरा गर्न आफू काँधमा काँध मिलाएर अघि बढ्ने वताएका छन् ।
- गौतम उम्मेदवार रहेको वर्दिया १ मा झिनो मतान्तरले गौतमले पराजय ब्यहोर्नु परेको छ ।
- गौतमले निर्वाचन क्षेत्रबाट आफू पराजित भएपछि विज्ञप्ति निकाल्दै त्यसवाट निराश नहुन पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई आग्रह गरेका छन् ।
काठमाडौं, २४ मंसिर– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वर्दिया क्षेत्र नं १ वाट आफू पराजित हुनु परे पनि वाम गठबन्धनले देशब्यापी रुपमा विजय हासिल गरेको भन्दै गठबन्धनको उद्धेश्य पूरा गर्न आफू काँधमा काँध मिलाएर अघि बढ्ने वताएका छन् । गौतम उम्मेदवार रहेको वर्दिया १ मा झिनो मतान्तरले गौतमले पराजय ब्यहोर्नु परेको छ ।
गौतमले निर्वाचन क्षेत्रबाट आफू पराजित भएपछि विज्ञप्ति निकाल्दै त्यसवाट निराश नहुन पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई आग्रह गरेका छन् ।
गौतमको विज्ञप्ति
निरन्तरको संघर्ष र बलिदानपछि नेपाली जनताले समाजवादाउन्मुख लोकतान्त्रिक गणतन्त्रको संवैधानिक प्रत्याभुती प्राप्त गरेका छन् । २०७२ सालमा नयांँ राजनीतिक व्यवस्थाको रुपमा यसलाई संविधानभित्र समेटिएको छ र त्यसको कार्यान्वयनकै प्रकृयामा अगाडि बढ्दै हामीले स्थानीय निर्वाचन, संघीय प्रतिनिधिसभा र प्रदेशसभाको समेत निर्वाचन सम्पन्न गरिसकेका छौं । देशभित्रैबाट र संसारका कतिपय प्रभुत्ववादी एवं साम्राज्यवादी शक्तिले नेपाली जनताले प्राप्त गरेको यो महत्वपूर्ण उपलब्धिलाई बीचैमा निमोठ्ने र असफल बनाउने दुश्प्रयासहरु गरेता पनि नेपाली जनताको एकताले त्यस्ता प्रयासलाई सहजै निस्तेज बनाइदिएका छन् । हामी पूर्णरुपमा सफलताका खुड्किला चढ्दै अगाडी बढिरहेका छौं । वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले आगामी दिनमा लोकतान्त्रिक अभ्यासमार्फत् देशलाई विकास र समृद्धिको पथमा अगाडी बढाउन ढोका खुलेको छ ।
म वाम गठबन्धनको एउटा प्रमख सूत्राधारको हैसियतले गठबन्धनले प्राप्त गरेको यो अपार सफलताबाट ज्यादै हर्षित छु । म व्यक्तिगत रुपमा पराजित हुन परे पनि मेरो पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन । जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाध प्यार र विश्वासले मलाई अत्यन्त उत्साहित बनाएको अनुभूति भइरहेको छ । यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु । यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैँ, उत्तिकै र अझ उर्जाका साथ लागि पर्ने विश्वास पनि दिलाउन चाहन्छु । एउटा कम्युनिष्ट पार्टीको जिम्मेवार नेताको हैसियतले आगामी दिनमा सामाजिक न्याय, समानाता र समुन्नतीको लागि मैले गर्नसक्ने धेरै काममा मेरो उत्साहपूर्ण सहभागिता रहनेछ र राष्ट्र, राष्ट्रियता र जनताको हितमा मेरा पाइला सदैव अग्रगामी बनिरहनेछन् भन्ने विश्वास पनि सबै शुभचिन्तक एवं सर्वसाधारण जनतामा दिलाउन चाहन्छु । बर्दिया क्षेत्र नम्बर १ का मतदाता एवं सम्पर्ण जनता, जसले मलाई मत दिनुहुने तथा मप्रति सद्भाव राख्ने सम्पूर्ण जिल्लावासी बुवा, आमा, दाजुभाई तथा दिदी बहिनीप्रति म आभार व्यक्त गर्दै उहाँहरुको इच्छा, आकांक्षा तथा विकासका कैयन आवश्यकता परिपूर्ती गर्नमा मेरो निरन्तर प्रयत्न भइरहनेछ । म सदैव तपाईंहरुको प्रतिनिधिकै रुपमा क्रियाशील भइरहनेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।
आगामी दिनमा वाम गठबन्धनले प्राप्त गरेको यो अपार विजयले हामी सबैको काँधमा धेरै जिम्मेवारी र चुनौती थपिदिएको मैले महसुस गरेको छु । नेपाली जनताले वाम गठबन्धनप्रति देखाएको यो अतुलनीय विश्वासलाई रत्तिभर पनि निराश हुन नदिने गरी सबै चुनौतीको सामना गर्न मेरो पार्टीका सहयोद्धा कमरेडहरु र समग्र बाम गठबन्धनका सहयात्री कमरेडसँग काँधमा काँध मिलाई अगाडि बढिरहनेछु भन्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु ।
अन्त्यमा, यो जनविश्वासलाई बाम गठबन्धन वा कम्युनिष्टहरुको पक्षमा दीगो बनाई रहनका लागि र शदियौँसम्म नेपाल राष्ट्रको पुँजीको रुपमा यसलाई बचाइरहन सबैतिरबाट आवश्यक सहयोगको अपेक्षा पनि गर्दछु ।
(वामदेव गौतम)
उपाध्यक्ष
नेकपा (एमाले), केन्द्रीय कमिटी
अध्यक्ष, अखिल नेपाल किसान महासंघ

Sandip Duwadi
great thinking
Yogendra Poudel
Thanks a lot of. Do better in future.
Anil Thapa
एउटा जाबो SSP ले भेट्न आएन भन्ने हारेकै राम्रो
Sewakar Pandey
Thik ho janapriyatama Abbal byaktitwa le najarana chadhaena bhanera hapki khapki garnu thulo galti nai thiyo.Emale bhitrako sabbhanda thulo bhrastrachari pani yinai lai po bhanda raixan,kina haix kunni?jasta dekhe testai bhane ka po hun ki?
Ram Chaulagain
Bhasa lekhna aaudinna
Milanphuyal Badalphuyal
good
Kamal Newar
arule hare ta feri pani pun matadan hunu parxa vanene netaharu pani xan har subikarna nasakne tr bamgathbandan ko mahan neta bamdev ko vanai prati har hoin patile jiteko sahaj vannu saknu ati ramro kura ho
Ram Chhetri
कासि गय हुनछ बुडा
Hira Pahadi
Good yesto garnu vo vane tapaiko nai jit ho…
Arjun Kumar Shrestha
hahahaha aba jndagi gayo tero thule.aba nabole bas.chu chap.aba kunai le tero kura sunne wala chainan.ta jasta papi ko lagi yestai ho dekhai deye janata le.dhar dhar dhar ja para vannu naparos
Dilli Trikhatri
राम्रो विज्ञप्ति ।
Dipesh Rai
Gajab Vayo harer
Manoj Kafle
Great thinking???
Prashant Dhungana
Great comred …
Manoj Shrestha
चुनाब हो हार जितकै लागी गरिन्छ निरास नभै सम्सद भन्दा भाहिर पनि तपाई जस्तो इमानदार नेताको आबसेक छ । सम्सदै ठुलो हैन
Prem Bahadur
yo daka le hareko ramro
Kaji Ram Bhatta
All the best
Bishnu Chaudhary
अब नाति नातिनी खेलाएर बस्नु बाजे ….