कुकुरका लागि जुत्ता किन्न प्रहरीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
५२ पटक हेरिएको
Shares
कुकुरका लागि जुत्ता किन्न प्रहरीको निर्देशन

सारांश

  • स्वीट्जरल्याण्डको ज्युरीख शहरमा प्रहरीले कुकुरका लागि जुत्ता किन्न तिनका मालिकलाई आग्रह गरेका छन्।
  • समाचारहरूमा जनाइएअनुसार उच्च तापक्रमबाट कुकुरको पैतला जोगाउन त्यस्तो आग्रह गरिएको हो।
  • ज्युरीख प्रहरीले कुकुरको पक्षमा एउटा अभियान चलाएको प्रशारण संस्था एसआरएफले जनाएको छ।

स्वीट्जरल्याण्डको ज्युरीख शहरमा प्रहरीले कुकुरका लागि जुत्ता किन्न तिनका मालिकलाई आग्रह गरेका छन्। समाचारहरूमा जनाइएअनुसार उच्च तापक्रमबाट कुकुरको पैतला जोगाउन त्यस्तो आग्रह गरिएको हो। ज्युरीख प्रहरीले कुकुरको पक्षमा एउटा अभियान चलाएको प्रशारण संस्था एसआरएफले जनाएको छ।

कुकुरका मालिकहरूलाई चर्को गर्मीमा उनीहरूका चारखुट्टे साथीलाई जोगाउने काइदाबारे प्रहरीले सिकाइरहेका छन्।चर्को घामले तातेको फुटपाथमा हिँडनु कुकुरको निम्ति पीडादायी हुनसक्ने तर्क प्रहरीको छ। युरोपभर केही साता यता निकै गर्मी बढेकोबेला तापक्रम उच्च विन्दुमा पुगेको देशमध्ये स्वीट्जल्याण्ड पनि हो।जहाँ तापमान सन् १८६४ मा मापन सुरू गरिएयताकै सबैभन्दा बढी पुगेको छ। जुलाईमा त्यहाँको तापक्रम ३० डिग्री सेल्सियस आसपास थियो।

स्वीसइन्फो न्युज वेबसाइटले देशका अन्य भागले खडेरीको सामना गर्नु परेको जनाएको छ। के निकै गर्मी छ? त्यसो भए तातेको सडक छल्नुस्, ठूला कुकुरलाई बुट लगाइ दिनुस् र सानालाई आफै बोक्नुस्।ज्युरीख प्रहरीका प्रवक्ता माइकल वाकरका अनुसार ३० डिग्री सेल्सियस तापक्रम पुग्दा जमिनमा ५० देखि ५५ डिग्री सरह महसुस हुने भएकाले यसले खासगरी कुकुरलाई असहज पार्न सक्छ।

उनले एसआरएफसँग भने, “जब कुकुर तात्तिएको पीच सडकमा हिँड्छ, खाली खुट्टामा मानिस हिँड्दा झैं उसको पनि पैतला डामिन सक्छ। त्यसैले चर्को गर्मीमा कुकुरले पनि जुत्ता लगाउनु पर्छ।”ज्युरीख शहरका प्रहरीले कुकुरलाई बाहिर लग्नुअघि जमिनमा हत्केला उल्टो पारी पाँच सेकेण्ड राखेर कतिको तातो छ भन्ने जाँच गर्न कुकुर मालिकहरूलाई सल्लाह दिएका छन्।

कुकुरलाई बुट

उनीहरूले कुकुरको निम्ति पर्याप्त पिउने पानी भएको सुनिश्चित गर्न र घामले तातेको कारमा कुकुरलाई नछोड्न पनि सुझाएका छन्। प्रहरीले फेसबुकमार्फत भनेको छ, “के निकै गर्मी छ? त्यसो भए तातेको सडक छल्नुस्, ठूला कुकुरलाई बुट लगाइ दिनुस् र सानालाई आफैँ बोक्नुस्।”

सयौं फेसबुक प्रयोगकर्ताले प्रहरीको उक्त अभियानको प्रशंसा गरेका छन्।जसमा तातोबाट जोगाउने जुत्ता लगाएका कुकुरहरूका तस्बीरहरू राखिएका छन्। सुँघेर अपराध अनुसन्धानमा सघाउने कुकुरलाई पनि जुत्ता लगाइदिने गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं १ : प्रदेशसभा बैठक माघ ७ गते
प्रदेश नं १ : प्रदेशसभा बैठक माघ ७ गते
परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास हुदैन :  मुख्यमन्त्री शाही
परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास हुदैन : मुख्यमन्त्री शाही
पर्यटक पाउँदै मुसिकाेट दरबार !
पर्यटक पाउँदै मुसिकाेट दरबार !
स्थानीय तह चुनावलाई ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित
स्थानीय तह चुनावलाई ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित
सन्दीप लामिछानेले थुनामा नबसी मुद्दा लड्न पाउने
सन्दीप लामिछानेले थुनामा नबसी मुद्दा लड्न पाउने
नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज, नयाँ मर्यादाक्रम यस्ताे हुनेछ
नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज, नयाँ मर्यादाक्रम यस्ताे हुनेछ
मौन बस्नु पनि अपराध हो भन्दै डा. बाबुरामले गरे बलात्कारविरुद्ध बोल्न आव्हान
मौन बस्नु पनि अपराध हो भन्दै डा. बाबुरामले गरे बलात्कारविरुद्ध बोल्न आव्हान
एक नम्बर प्रदेशमा एमालेलाई कांग्रेसले उछिन्यो
एक नम्बर प्रदेशमा एमालेलाई कांग्रेसले उछिन्यो
लोकमान पछि सुशीला कार्कीलाई पनि महाअभियोग लगाउन माग
लोकमान पछि सुशीला कार्कीलाई पनि महाअभियोग लगाउन माग
महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘
महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘