प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना को को महिला विजयी ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
६१ पटक हेरिएको
Shares
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना को को महिला  विजयी ?

सारांश

  • काठमाडौं ।
  • हालसम्मको मत परिणाम अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना महिला विजयी भएका छन् ।
  • प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका दुई र प्रदेशसभा सदस्यमा छ जना महिला विजयी भएका छन् ।

काठमाडौं । हालसम्मको मत परिणाम अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना महिला विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका दुई र प्रदेशसभा सदस्यमा छ जना महिला विजयी भएका छन् ।

पहिलो चरणमा निर्वाचन भएको रुकुम पूर्व क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । वाम गठबन्धन बाट माओवादी केन्द्रकी उम्मेदवार रोकाले १० हजार ४ हजार ३४ मत ल्याएर विजयी भएकी हुन् ।

दोस्रो चरणमा वाम गठबन्धबाट उम्मेदवार बनेकी पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् ।
माओवादी केन्द्रकी नेता भुसालले २४ हजार ३७ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका मदन अमात्यलाई १ हजार ७ सय ७ मतले पराजित गरेकी हुन् ।  अमात्यले २२ हजार ३ सय २९ मत ल्याएका छन् ।

प्रदेशसभा सदस्यमा छ महिला विजयी

प्रदेश सभा सदस्यमा छ जना महिला विजयी भएका छन् । पहिलो चरणको निर्वाचनमा म्याग्दीको प्रदेशसभा ‘ख’ बाट एमाले उम्मेदवार नरदेवी पुन मगर विजयी भएकी छन् । संयुक्त वाम गठबन्धनकी उम्मेदवार एमालेकी पुनले १० हजार ८ सय ६८ मत ल्याएर विजय हात पारिन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले सात हजार ९ सय ९० मत प्राप्त गरेका छन् ।

यस्तै बझाङ प्रदेशसभा ‘ख’ बाट माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल थापा विजयी भएकी छन् ।

देवकीले १६ हजार ७ सय ४३ मत ल्याएर विजय हासिल गरेकी हुन् । नेपाली काँग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत पाएका छन् ।

मकवानपुर प्रदेशसभा क्षेत्र नं १ को ९क० बाट उम्मेदवार कुमारी मोक्तानले निकटतम प्रतिद्वन्द्वी भन्दा १२ हजार ९ सय ९६ मत बढी ल्याई विजय भएकी हुन् । उनले २७ हजार १ सय ३२ मत प्राप्त गरेकी छन् । लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटाले १४ हजार १ सय ३६ मत प्राप्त गरेका थिए ।

काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ मा एमालेकी रमा आलेमगर विजयी भएकी छन् । उनले ९ हजार ९ सय ३ मत प्राप्त गरी विजयी भइन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार धर्मनन्द्र श्रेष्ठले ७ हजार १७ मत प्राप्त गरे ।

उदयपुर क्षेत्र नं।२ ९ख० प्रदेशसभामा वाम गठबन्धनका साझा उम्मेदवार कला घले विजयी भएकी छन् । घलेले १३ हजार ४ सय ५९ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामकुमार खत्रीले ८ हजार ९ सय ७६ मत प्राप्त गरेका छन् । घलेले ४ हजार ४ सय ८४ को मतअन्तरले विजय हात पारिन् ।

ललितपुर क्षेत्र नं। १ को ९क० को प्रदेशसभा सदस्यमा लालकुमारी पुन विजयी भएकी छिन् । उनी १२ हजार ८४१ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटम् प्रतिस्पर्धी कांग्रेसका ऋषिराम घिमिरेलार्इ २ हजार ७३६ मत अन्तरले पराजित गरिन् । घिमिरेले १० हजार १ सय ५ मत पाएक छन् ।

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ३६ महिला चुनावी उम्मेदवार थिए । जसमा प्रतिनिधि सभातर्फ १६ र प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट तीन जना महिला उम्मेदवार थिए ।

त्यसैगरी प्रदेशसभातर्फ चुनावी मैदानमा रहेका २० जना महिला मध्ये छ जना महिला ठुला दलबाट छन् । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ सय ३० र प्रदेशतर्फ २ सय २० महिला उम्मेदवार छन् ।

अहिलेसम्मको चुनावी परिणाम अनुसार विजयी हुने सबै महिलाहरु वाम गठबन्धनका उम्मेदवार हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
निर्मला पन्त हत्याकाण्डमा प्रहरीको प्रयास जारी : महानिरीक्षक खनाल
निर्मला पन्त हत्याकाण्डमा प्रहरीको प्रयास जारी : महानिरीक्षक खनाल
यु–१९ युथ एसिया कप क्रिकेट : नेपाल भर्सेस बंगलादेश (लाइभ)
यु–१९ युथ एसिया कप क्रिकेट : नेपाल भर्सेस बंगलादेश (लाइभ)
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन
दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन
एक सय १६ नक्कली परीक्षार्थी पक्राउ
एक सय १६ नक्कली परीक्षार्थी पक्राउ
एआर रहमानद्वारा आत्महत्या गर्न खोजेको खुलासा
एआर रहमानद्वारा आत्महत्या गर्न खोजेको खुलासा
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
भूमि आयोगमा चार सय बढीको निवेदन
भूमि आयोगमा चार सय बढीको निवेदन