चिनियाँ उपविदेशमन्त्री सुनले आजदेखि नेपालको औपचारिक भ्रमण गर्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १०, २०८१
|
|
२८ पटक हेरिएको
Shares
चिनियाँ उपविदेशमन्त्री सुनले आजदेखि नेपालको औपचारिक भ्रमण गर्दै

सारांश

  • काठमाडौं।
  • जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्।
  • भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौंमा हुने नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौं। जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्।

भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौंमा हुने नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित हुनेछन्।

भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ।

त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ। उपविदेशमन्त्री सुन असार १२ गते फिर्ता हुने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?