काठमाडौँको समानुपातिक : एमाले पहिलो, माओवादी चौँथो !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौँको समानुपातिक : एमाले पहिलो, माओवादी चौँथो !

सारांश

  • काठमाडौँ जिल्लाको समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
  • अन्तिम परिणाम अनुसार प्रतिनिधिसभा तर्फ एमालेले १ लाख ३२ हजार ८०४ मत पाएर पहिलो भएको छ भने कांग्रेसले १ लाख १० हजार ७८९ मत पाएर दोस्रो भएको छ ।
  • त्यस्तै, विवेकशिल साझा पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ ।

काठमाडौँ जिल्लाको समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम परिणाम अनुसार प्रतिनिधिसभा तर्फ एमालेले १ लाख ३२ हजार ८०४ मत पाएर पहिलो भएको छ भने कांग्रेसले १ लाख १० हजार ७८९ मत पाएर दोस्रो भएको छ ।

त्यस्तै, विवेकशिल साझा पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ । साझाले ५३ हजार २९४ मत पाएर तेस्रो भएको छ भने माओवादी केन्द्रले २९ हजार ३११ मत पाएको छ ।

राप्रपाले ०७० सालको संविधानसभाको निर्वाचनमा बेला हिन्दु राज्य र संबैधानिक राजतन्त्रको एजेण्डा लिएर निर्वाचनमा होमिएको थियो । सोही नाराको प्रभावमा परेर राजधानीका मतदाताले सबै भन्दा बढी मत समानुपातिकमा राप्रपाकाे चुनाव चिन्हमा खसालेका थिए ।

त्यतिबेला प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेकाे राप्रपाले समानुपातिकमा २५ सिट पाएको थियो । चार वर्षको अन्तरालमा राप्रपाकाे भोट निकै घटेको छ ।

अहिले भएको प्रतिनिधिसभाको समानुपातिक तर्फको निर्वाचनमा काठमाडौँले छैटौँ स्थानमा खुम्च्याइदिएको छ । राप्रपाले १३ हजार ४ ८३ मत पाएको छ । भने नयाँ शक्ति पार्टी नेपालले ३ हजार ९४६ मत पाएको छ । काठमाडौँमा ६ लाख ३ हजार ४ सय ५९ मतदाता रहेका थिए ।

त्यस्तै प्रदेशभा तर्फको समानुपातिकमा पनि एमाले नै अग्र स्थानमा रहेको छ । एमालेले १ लाख २३ हजार ७३९ मत पाएको छ । भने कांग्रेसले १ लाख २ हजार ९८५ मत, विवेकशिल साझा पार्टी, ५७ हजार १२९, माओवादी ३० हजार ५१, राप्रपा १३ हजार ६१७ मत पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै
नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै
रगत परिक्षणमा लापर्वाही !
रगत परिक्षणमा लापर्वाही !
आफू र एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयोः माधव सापकोटा
आफू र एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयोः माधव सापकोटा
धनराज गुरुङमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग
धनराज गुरुङमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग
चीनद्वारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण
चीनद्वारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण
रोल्पाको दुईखोली गाउँपालिका भयो अब परिवर्तन गाउँपालिका
रोल्पाको दुईखोली गाउँपालिका भयो अब परिवर्तन गाउँपालिका
सीसीएमसी बैठकले लकडाउनबारे निर्णय लिएन, सबै देशमा उडान अनुमति दिदै जाने
सीसीएमसी बैठकले लकडाउनबारे निर्णय लिएन, सबै देशमा उडान अनुमति दिदै जाने
दोस्रोपटक भोट हालेपछि मतदाताले भने : हाम्रो मत खेर नजाओस्
दोस्रोपटक भोट हालेपछि मतदाताले भने : हाम्रो मत खेर नजाओस्
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
‘इमो’ मार्फत चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ
‘इमो’ मार्फत चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ

तपाईंले छुटाउनुभयो कि?