गृहयुद्धले एउटा समृद्ध मुलुक कसरी बन्यो कंगाल ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
गृहयुद्धले एउटा समृद्ध मुलुक कसरी बन्यो कंगाल ?

सारांश

  • यमनमा पछिल्लो समय युद्ध सुरु भएको एक हजार दिन पूरा भएको छ ।
  • यस अवधिमा त्यहाँ हजारौं मानिस मारिएका छन्, लाखौं घाइते भएका छन् र कुनै समय समृद्ध भनिने राष्ट्र अहिले भिषण भोकमरीको चपेटामा परेको छ ।
  • मानवीय समस्या चरमोत्कर्षमा पुगेको छ ।

यमनमा पछिल्लो समय युद्ध सुरु भएको एक हजार दिन पूरा भएको छ । यस अवधिमा त्यहाँ हजारौं मानिस मारिएका छन्, लाखौं घाइते भएका छन् र कुनै समय समृद्ध भनिने राष्ट्र अहिले भिषण भोकमरीको चपेटामा परेको छ । मानवीय समस्या चरमोत्कर्षमा पुगेको छ । मानव सिर्जित समस्याका कारण लाखौं यमनी खाद्यान्न आपूर्ति लगायतका समस्याबाट बञ्चित छन् । यमनमा कार्यरत झण्डै साढे बाह्र लाख सरकारी कर्मचारीले एक बर्षदेखि तलव पाउन सकेका छ्रनन् । त्यहाँको शिक्षा, स्वास्थ्य र सरसफाईको अवस्था विकराल छ । पूर्वाधार जति क्षतिग्रस्त बनाइएका छन् । युद्धको त्रासले झण्डै तीस लाख यमनी जन्मथलो छाडेर पलायन भएका छन् ।

अन्य मुलुकमा शरणार्थी जीवन विताइरहेका यमनीहरुको अवस्था झन कष्टकर छ । यमन भित्रकै दुई करोड बाईस लाख जनसंख्या अन्तर्राष्ट्रिय सहयोगमाथि अश्रित छन् । अहिले त्यहाँका एक करोड साठठी लाख मानिस सुरक्षित खानेपानीबाट बञ्चित छन् । झण्डै पैंतालिस लाख बालबालिका शिक्षाबाट बञ्चित छन भने चौरासी लाख यमनी नागरिक भोकमरीको चपेटामा छन् । सन् दुईहजार एघारमा सुरु भएको यमन समस्या समाधानको छाँटकाट अझै देखिएको छैन । सन् दुईहजार एघारमा क्रान्तिपछि त्यहाँका राष्ट्रपति सालेहलाई पदबाट हटाइएको थियो । तर, हुथी विद्रोहीहरुले सत्ताबाट हटाइएका राष्ट्रपति सालेहसँग हात मिलाएपछि यमनमा गृह युद्धको अवस्था आएको हो ।

हुथी विद्रोही सिया मुसलमान हुन् । अर्कातिर उनका विपक्षीलाई इस्लामिक स्टेटको समर्थन छ । जसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले साउदी अरेबिया पनि सघाईरहेको छ । सन् उन्नाईस सय नब्बे सम्म उत्तरी यमन र दक्षिणी यमन एउटै राष्ट्र थियो । विभाजनपछि पनि दक्षिण यमनको अवस्था तुलनात्मक रुमपा सुदृढ थियो तर, राष्ट्रपति सालेहले पद सम्हालेपछि देश गृहयुद्धको चपेटामा प¥यो । सन् र्दुई हजार सातमा दक्षिणी यमनमा आन्दोलन सुरु भयो । उनीहरु आफूहरुको माग संवोधन नभएसम्म समस्या समाधान हुन नसक्ने भन्दै आएका छन् । तर, माग संबोधन कहिले सम्म हुने अझै अनिश्चित छ ।।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?