आफ्नो नागरिकता खारेजीको विषयमा राजेन्द्र महतोले मागे गोकुल बास्कोटासँग जवाफ
सारांश
- साउन २०, काठमाण्डौ ।
- राष्ट्रिय जनता पार्टी नेपाल९राजपा०का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्ताले नागरिकता खारेज गर्ने सरकारको निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता गोकुल बास्कोटाले भ्रमण सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।
- प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुखसंग बिशेष समय लिदै महत्तोले नागरिकता खारेज गर्ने निर्णय सार्वजनिक गर्दा नाममात्र भन्दा आफ्नो नामसंग मिल्न गएको र यसले भ्रम सर्जना भएको तथा यसको कारण आफ्नो मानहानी भएको बताए ।
साउन २०, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपाल९राजपा०का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्ताले नागरिकता खारेज गर्ने सरकारको निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता गोकुल बास्कोटाले भ्रमण सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुखसंग बिशेष समय लिदै महत्तोले नागरिकता खारेज गर्ने निर्णय सार्वजनिक गर्दा नाममात्र भन्दा आफ्नो नामसंग मिल्न गएको र यसले भ्रम सर्जना भएको तथा यसको कारण आफ्नो मानहानी भएको बताए ।नाम सार्वजनिक गर्दा ठेगाना नभनी नाममात्र भनेको जसका कारण भ्रम सिर्जना भएको उहाको भनाई छ । महत्तोले कसैको नाममात्र भन्दा मानहानी हुने भएकाले पुरै ठेगाना खुलाएर नाम सार्वजनिक गर्न माग गरे ।
सम्बोधनका क्रममा महत्तोेले कृष्ण वहादुर महरा र पुष्प कमल दाहालको नाम लिदै उदाहरण दिएपछि नेकपा सांसदहरुले आपत्ती जनाएका थिए । नेकपा सांसदहरुले आपत्ती जनाएपछि सभामुखले महत्तोको भाषाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त शव्द रेकर्डबाट हटाउन निर्देशन दिए ।यसअघि मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता बास्कोटाले राजेन्द्र महत्तोसहितका व्यक्तिहरुको नागरिकता खारेज गर्ने निर्णय गरेको बताएका थिए । तर राजपा नेता महतोको नागरिकता भने खारेज भएको होइन ।
प्रतिक्रिया