एसएसवीको गोली काण्डमा नेपालसँग माफी माग्दै क्षतीपुर्ति समेत दिनुपर्छ:ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ४, २०७३
|
|
५७४ पटक हेरिएको
Shares
एसएसवीको गोली काण्डमा नेपालसँग माफी माग्दै क्षतीपुर्ति समेत दिनुपर्छ:ओली

सारांश

  • एमाले अध्यक्ष केपी ओलीले भारतले नेपाललाई आफ्नो मित्र ठान्ने भए गोविन्द गौतम हत्या काण्डमा माफी माग्नुपर्ने बताएका छन् ।
  • मेची महाकाली अभियान समापनपछि शुक्रबार कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले गत साता कञ्चनपुरको पुर्नवासमा भारतीय एसएसवीको गोली काण्डमा नेपालसँग माफी माग्दै क्षतीपुर्ति समेत दिनुपर्ने बताए ।
  • पत्रकार सम्मेलनमा ओलीले भने ‘भारतले नेपाललाई मित्रत्रता ठान्छ भने गोविन्द गौतम घट्नामा उसले माफि माग्नुपर्छ नमागेर सुखै छैन, त्यो घट्नाको क्षतीपुर्ति पनि दिनुपर्छ र अव त्यस्तो व्यबहार कहिल्यै देखाउनदिन भनेर प्रतिवबद्धता जनाउनुपर्छ ।

एमाले अध्यक्ष केपी ओलीले भारतले नेपाललाई आफ्नो मित्र ठान्ने भए गोविन्द गौतम हत्या काण्डमा माफी माग्नुपर्ने बताएका छन् ।

मेची महाकाली अभियान समापनपछि शुक्रबार कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले गत साता कञ्चनपुरको पुर्नवासमा भारतीय एसएसवीको गोली काण्डमा नेपालसँग माफी माग्दै क्षतीपुर्ति समेत दिनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा ओलीले भने ‘भारतले नेपाललाई मित्रत्रता ठान्छ भने गोविन्द गौतम घट्नामा उसले माफि माग्नुपर्छ नमागेर सुखै छैन, त्यो घट्नाको क्षतीपुर्ति पनि दिनुपर्छ र अव त्यस्तो व्यबहार कहिल्यै देखाउनदिन भनेर प्रतिवबद्धता जनाउनुपर्छ ।’

अध्यक्ष ओलीले भारतीय सुरक्षाकर्मीले पुर्नवासमा मात्र नभई नेपालीलाई दर्जनौ स्थानमा पटक पटक दुख दिने गरेको भन्दै भारतले आफ्ना सीमामा खटाउने सुरक्षाकर्मीलाई नेपालीमाथि गर्ने व्यवहार सुधार गर्न निर्देशन जारी गर्नुपर्ने बताए ।
उनले भने ‘सीमामा खटिने उनीहरुका सुरक्षाकर्मीलाई पन िउनीहरुले ब्यबहार सच्चाउन निर्देशन दिनुपर्छ अनिमात्र छिमेकीको नाता बलियो र सुदृढ हुनसक्छ । ’

अध्यक्ष ओलीले नेपाल भारत सीमा व्यवस्थित गर्न जरुरी रहेको र नेपाल अव ल्याण्डलक भएको उनले प्रश्ट पारे ।

मेची–महाकाली अभियान भावनात्मक
एमालेले चलाएको मेची महाकाली अभियान एमालेको मात्र नभई राष्ट्रकै भएको ओलीको भनाइ थियो । ‘अभियानले भावनात्मक एकता बढाएको छ । तर कतिपयले यो अभियान चुनाव प्रचार पनि भनेका छन् त्यो गलत हो ।’
पानी जहाजको चर्चा
अध्यक्ष ओलीले आफुले सरकारको नेतृत्व गर्दा आफुले पानी जहाज चलाउँन सकिन्छ भनेर भन्दा कांग्रेसले कागजको जहाज बनाएर उडाएको प्रशंग पनि कोट्याए । उनले कांग्रेस र त्यसका नेताहरुको गिदी नै नभएकाले आफुले भनेको कुराको खिल्ली उडाएको बताए । भने,‘शेरबहादुर देउवालाई अहिले चैत र बैशाख भन्ने महिना पनि छ भन्ने थाहा नै छैन, किनकी उहाँलाई जेष्ठ महिनामात्र मात्र थाहा छ ।’ जेठमा आफु प्रधानमन्त्री बन्ने सपना बुनिरहेका शेरवहादुर देउवाको यहि बुद्धिले कांग्रेसलाई समेत हानी पुग्ने अध्यक्ष ओलीले बताए ।
मोर्चा डामेर छाडेको साँढे
पत्रकार सम्मेलनमा ओलीले भारत, कांग्रेस, माओवादी र मोर्चालाई पनि आफ्नै शैलिमा टिप्पणी गरे । उनले मोर्चालाई डामेर छाडेको साँढेको संज्ञा दिए । ‘डामेर छाडेको साँढे आँखा देख्दैन जतापायो त्यतै दौडन्छ र विगार गर्छ, मधेसी मोर्चा अहिले त्यस्तै भएको छ ।’ ।
चुनाव र सिके राउतको चर्चा
अध्यक्ष ओलीले सरकार आफै चुनाव नचाहिरहेको समेत बताए । उनले आफ्नै दवावका कारण चुनाको मिति घोषणा भएपनि सरकार आफै चुनाव चाहादैन भन्ने कुरा उसकै गतिविधिबाट प्रश्ट भएको भन्दै स्थानीय तहको संख्या थप्ने तयारी गरेको बताए । अध्यक्ष ओलीले सिके राउतहरुले मुन्टो उठाएको भन्दै आफ्ना पालामा उनीहरु नगन्य भएपनि अहिले उनीहरुको प्रभाव बढ्दै गएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?