जनावरले बनाएका अचम्म लाग्ने कीर्तिमान !

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
जनावरले बनाएका अचम्म लाग्ने कीर्तिमान !

सारांश

  • संसारमा मानिसहरुले अनौठा काम गरेर विश्व कीर्तिमान बनाउने गरेको त हामीले सुनेकै हौ ।
  • तर, त्यस्तो कीर्तिमान मानिसले मात्र नभइ जीवजन्तुले पनि बनाउँछन् भन्दा चाँहि हामीलाई अचम्म लाग्नसक्छ ।
  • विश्वभर बनाइएका रेकर्डहरुलाई आधिकारिक रुपमा दर्ता गर्ने संस्था ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले संसारभरबाट कीर्तिमान राख्न सफल जनावरहरुको पनि रेकर्ड राखेको छ ।

संसारमा मानिसहरुले अनौठा काम गरेर विश्व कीर्तिमान बनाउने गरेको त हामीले सुनेकै हौ । तर, त्यस्तो कीर्तिमान मानिसले मात्र नभइ जीवजन्तुले पनि बनाउँछन् भन्दा चाँहि हामीलाई अचम्म लाग्नसक्छ । विश्वभर बनाइएका रेकर्डहरुलाई आधिकारिक रुपमा दर्ता गर्ने संस्था ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले संसारभरबाट कीर्तिमान राख्न सफल जनावरहरुको पनि रेकर्ड राखेको छ । हामी यहाँ ती जीवजन्तुहरुबारे उल्लेख गर्दैछौ, जसको विश्व कीर्तिमान आजसम्म पनि तोडिएको छैन ।

सर्वप्रथम कुरा गरौं संसारकै सबैभन्दा लामो पुच्छर भएको कुकुरको । विश्वको सबैभन्दा लामो पुच्छर भएको कुकुरको कीर्तिमान ‘केयुन’को नाममा रहेको छ । ‘केयुन’लाई ‘ल्लेसे लोड्ट्स’ नाम गरेका बेल्जियमका नागरिकले पालेका छन् । केयुन आयरल्याण्ड क्षेत्रमा स्यालको सिकार गर्ने जातको कुकुर हो । यसको पुच्छरको लम्बाई ७६ दशमलब ८ सेन्टिमिटर अर्थात् ३० दशमलब २ इन्च रहेको छ । केयुनले सन् २०१५ को अगस्ट १८ मा संसारको सबैभन्दा लामो पुच्छर भएको कुकुरको दर्जा पाएको हो । जुन अहिलेसम्म कुनै कुकुरले यस कीर्तिमानलाई तोड्न सकेको छैन ।

केयुनपछि अबको कुरा सबैभन्दा खतरनाक कमिलो को । संसारकै सबैभन्दा खतरनाक कमिलाको कीर्तिमान ‘बुलडग’ नाम गरेको कमिलाको नाममा रहेको छ । यो अष्ट्रेलियाको कोस्टल क्षेत्रमा सन् १९७३ मा पाइएको थियो । यसको आक्रमणबाट चारजना अष्टे«लियन नागरिकको ज्यान गइसकेको छ । यसले आफ्नो सिङ र मुख दुबैले एकैपटक आफ्ना सत्रुबिरुद्ध आक्रमण गर्दछ । हेर्दा अत्यन्तै सानो देखिने बुलडगको तौल सुन्य दशमलव सुन्य एक पाँच ग्राम छ र यसको लम्बाई २० मिलिमिटर रहेको छ । यो जातको कमिला जम्मा २१ दिनमात्रै बाँच्छ ।

त्यस्तै संसारको सबैभन्दा ठूलो अन्डाको तौल दुई दशमलब पाँच आठ नौ किलोग्राम रहेको छ । उक्त अन्डा ‘स्टुर्ट्हियो क्यामेल्योस’ नाम गरेको अष्ट्रिच चराले स्वीडेनमा रहेको दुई व्यक्ति केष्ट्रिन र गुन्नार सहल्निको फार्ममा पारेको थियो । सन् २००८ को मे १७ मा स्टुर्ट्हियो क्यामेल्योसले पारेको संसारकै सबैभन्दा ठूलो अन्डाको रेकर्ड आजसम्म कुनै अष्ट्रिचले भंग गर्न सकेको छैन । संसारमा सबैभन्दा छिटो दगुर्ने कछुवाको नाम र्बटाइ हो । यसले सुन्य दशमलव दुई आठ मिटर प्रति सेकेन्डको गतिमा दगुर्छ । सन् २०१४ को जुलाई ९ मा यसलाई बेलायतको एडभेन्चर भ्यालीमा भेट्टाइएको थियो ।।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साइबर क्राइम बढ्न थालेपछि सामुदायिक प्रहरीले थाल्यो यस्तो काम
साइबर क्राइम बढ्न थालेपछि सामुदायिक प्रहरीले थाल्यो यस्तो काम
बलिउड अभिनेत्री सुस्मिता सेन विवाह गर्दै
बलिउड अभिनेत्री सुस्मिता सेन विवाह गर्दै
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
चरिकोट अस्पतालमा लापरबाही : पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र शिशुको शव
परपुरुषसँग सम्बन्ध रहेको भन्दै चक्कु हानी श्रीमतीको हत्या
परपुरुषसँग सम्बन्ध रहेको भन्दै चक्कु हानी श्रीमतीको हत्या
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै
उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै
विवाह गर्न भारतीयको सौराहा आउने क्रम बढ्यो
विवाह गर्न भारतीयको सौराहा आउने क्रम बढ्यो
प्रम कप क्रिकेट : एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती
प्रम कप क्रिकेट : एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती
दोस्रो चरणको चुनाव अन्योलमा : एमाले अध्यक्ष ओली
दोस्रो चरणको चुनाव अन्योलमा : एमाले अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?