राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
सारांश
- काठमाडौं।
- राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक असार ६ र ७ गते काठमाडौंमा बस्ने भएको छ।
- बैठकमा सरकार समक्ष प्रस्तुत २२ बुँदे माग, सरकारसँग भएको पहिलो चरणको वार्ता, पार्टीले सञ्चालन गरेको जनसंघर्षका कार्यक्रम, दुई चरणको राष्ट्रिय स्वाभिमान यात्रा एवं समसामयिक राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
काठमाडौं। राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक असार ६ र ७ गते काठमाडौंमा बस्ने भएको छ। बैठकमा सरकार समक्ष प्रस्तुत २२ बुँदे माग, सरकारसँग भएको पहिलो चरणको वार्ता, पार्टीले सञ्चालन गरेको जनसंघर्षका कार्यक्रम, दुई चरणको राष्ट्रिय स्वाभिमान यात्रा एवं समसामयिक राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
बैठकमा अध्यक्ष कमल थापाबाट समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्य्दिशाका विषयमा राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र लिङ्देनबाट संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन, महामन्त्री भाष्कर भद्राबाट सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलबाट आर्थिक प्रतिवेदन पेश हुने बताइएको छ।
विस्तारित बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्य समितिका अध्यक्षहरु, केन्द्रीय विभाग र भातृ संगठनका प्रमुखहरु र ७७ वटै जिल्लाका अध्यक्षहरुको सहभागीता हुने राप्रपाले जनाएको छ। बैठकमा प्रदेश अध्यक्ष, भातृ संगठनका प्रमुख र जिल्ला अध्यक्षहरुबाट सांगठनिक र भावी कार्य योजना सम्बन्धि प्रतिवेदन पनि पेश प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए।
यो पनि पढ्नुस्
जादु देखाउन नदीमा पस्दा बेपत्ता
कोलकाता । भारतको पश्चिम बंगालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपत्ता भएका छन् । नदीमा हराएका उनको मृत्यु भएको आशंका गरिएको छ । पश्चिम बंगालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएपनि उनी नदीमै हराए । जादुगर नदीमा छिरेको हेर्न मानिसहरुको भीड जम्मा भएको थियो । तर जादुगर नदीबाट बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।
छवटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधिएको थियो । उनलाई एउटा डुंगाबाट पानीमा ओरालिएको थियो ।
नदीमा दुईवटा डुंगामा बसेर तथा माथि पुल र नदी किनारमा भेला भएर मानिसहरूले त्यो रमिता हेरेका थिए । प्रहरी र गोताखोरहरूले नदीमा आइतवार साँझदेखि खोजी गरेपनि फेला पार्न सकेका छैनन् ।
उनको शब नभेटिएसम्म मृत घोषणा गर्न नसकिने एक अधिकारीले बताएका छन् । एउटा स्थानीय पत्रिकाका लागि फोटो खिच्ने जयन्त श पनि लाहिरीको जादु हेर्न गएका थिए ।
जादुको काम सुरु हुनुभन्दा अगाडि आफूले लाहिरीसँग कुरा गरेको उनले बताएका छन् ।
उनी भन्छन्, ‘मैले किन ज्यान जोखिममा पारेर जादु देखाउन लागेको भनेर सोधेको थिएँ । उनी हाँसे र भने, ‘मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ । मैले गल्ती गरेँ भने यो दुःखान्त हुन्छ ।’
ती जादुगरले मानिसहरूमा ‘जादुप्रति रुचि जगाउन’ त्यसो गर्न खोजेको शलाई बताएका थिए । पानीभित्र जोखिमपूर्ण जादु देखाउने यो उनको पहिलो प्रयास भने थिएन ।
बीस वर्षअघि एउटा सिसाको बाकसमा राखेर उनलाई पानीभित्र छोडिएको थियो । त्यतिबेला उनी सकुशल बाहिर आएका थिए । शले त्यो जादु पनि हेरेका थिए ।
उनले भने, ‘उनी यसपालि पानीबाहिर आउँदैनन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।’
प्रतिक्रिया