फैसला कार्यान्वयनका सम्बन्धमा विशेष संयन्त्र बनाउनुपर्ने
सारांश
- काठमाडौँ, ८ पुस ।
- प्रधानन्यायाधीश गोपाल पराजुलीले कानूनको पालना नगर्नेलाई कारवाहीको दायरामा नल्याएसम्म मानवाधिकारको संरक्षण हुन नसक्ने बताएका छन् ।
- ‘मानवाधिकारसम्बन्धी आदेश फैसला तथा सिफारिश कार्यान्वयनको अवस्था’ विषयमा राष्ट्रिय मानवअधिकार आयोगले श’क्रबार यहाँ आयोजना गरेको छलफल कार्यक्रममा उनले न्यायलाई शिरोपर गर्ने सिद्धान्तको विकास नभएसम्म मानवअधिकारको संरक्षण हुन नसक्ने स्पष्ट गरे ।
काठमाडौँ, ८ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीले कानूनको पालना नगर्नेलाई कारवाहीको दायरामा नल्याएसम्म मानवाधिकारको संरक्षण हुन नसक्ने बताएका छन् ।
‘मानवाधिकारसम्बन्धी आदेश फैसला तथा सिफारिश कार्यान्वयनको अवस्था’ विषयमा राष्ट्रिय मानवअधिकार आयोगले श’क्रबार यहाँ आयोजना गरेको छलफल कार्यक्रममा उनले न्यायलाई शिरोपर गर्ने सिद्धान्तको विकास नभएसम्म मानवअधिकारको संरक्षण हुन नसक्ने स्पष्ट गरे । उनले परिवर्तनशील समयसँगै अपराध गर्ने शैली पनि फरक रहेकाले सोहीअनुरुप कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले व्यक्तिगत र सांगठनिक रुपमा हुने सबै अपराधका घटना न्यूनीकरणका लागि आयोग सधैँ प्रतिबद्ध रहेको धारणा राखे । न्यायाधीश वसन्त शर्माले फैसला कार्यान्वयनको सम्बन्धमा सरकारले विशेष संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले फैसला कार्यान्वयनमा सरकार प्रतिबद्ध रहने विश्वास दिलाउँदै आगामी दिनमा कार्यान्वयनको अवस्थामा वृद्धि हुने पनि बताए ।
प्रतिक्रिया