प्रेस स्वतन्त्रता सेनानी वैश्यको निधनले महासंघ स्तव्ध
सारांश
- काठमाडौं ।
- नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामगोपाल वैश्यको प्रोस्टेट क्यान्सरबाट ७४ वर्षको उमेरमा निधन भएको दुःखद खवरले महासंघ स्तब्ध र दुःखी भएको जनाएको छ ।
- महासचिव रमेश विष्टले शोक वक्तव्य जारी गर्दै स्व.
काठमाडौं । नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामगोपाल वैश्यको प्रोस्टेट क्यान्सरबाट ७४ वर्षको उमेरमा निधन भएको दुःखद खवरले महासंघ स्तब्ध र दुःखी भएको जनाएको छ । महासचिव रमेश विष्टले शोक वक्तव्य जारी गर्दै स्व. वैश्यको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, निर्भिक पत्रकार र अभिभावक गुमाएको उल्लेख गरेका छन् ।
महासचिव विष्टले जारी गरेको शोक वक्तव्यमा महासंघ स्वर्गीय वैश्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गरिएको छ । “शोकको यस घडीमा शोकाकुल परिवाजनमा महासंघ गहिरो समवेदना व्यक्त गर्दछ”, शोक वक्तव्यमा भनिएको छ ।
विगत डेढ वर्षदेखि प्रोस्टेट क्यान्सर रोगबाट पीडित वैश्यको पुस ७ गते राति ११ बजे निधन भएको हो । स्वर्गीय पत्रकार वैश्यका श्रीमती, ६ छोरा र १ छोरी छन् । २०२६ सालदेखि बर्दियाबाट पत्रकारिता सुरु गरेका वैश्यले काठमाडौंबाट प्रकाशित हुने चेतना, राष्ट्रध्वनि र राष्ट्रपुकार साप्ताहिकमा काम गरेका थिए । पछिल्लो समय २५ वर्षदेखि बाँकेबाट प्रकाशित शंखनाद साप्ताहिकका सम्पादक÷प्रकाशक रहेका वैश्यले पञ्चायतकालमा ५ वर्ष बीबीसी नेपाली सेवामा पनि काम गरेका थिए ।
प्रतिक्रिया