यातायात कार्यालयका ३ कर्मचारी रंगेहात पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
६९ पटक हेरिएको
Shares
यातायात कार्यालयका ३ कर्मचारी रंगेहात पक्राउ

सारांश

  • काठमाडौं ।
  • अख्तियारले यातायात व्यवस्था कार्यालय सुकेधारा, बुढानिलकण्ठका तीन जना कर्मचारीलाई ३२ हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।
  • विदेशी लाइसेन्सलाई नेपालीकरण गरिदिन्छु भन्दै घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।

काठमाडौं । अख्तियारले यातायात व्यवस्था कार्यालय सुकेधारा, बुढानिलकण्ठका तीन जना कर्मचारीलाई ३२ हजार घुससहित रंगेहात पक्राउ गरेको छ । विदेशी लाइसेन्सलाई नेपालीकरण गरिदिन्छु भन्दै घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा नायक सुब्बा यादव पौडेल, खरदार सुमन पोखरेल र लेखापढी व्यवसायी अशोक शर्मा हुन् । कार्यालय प्रमुखको कार्यकक्षमा नै प्राविधिक चेकजाँच गर्ने काम भइरहेको अख्तियारले जनाएको छ ।

अख्तियार स्रोतका अनुसार कतारको लाइसेन्सलाई नेपालमा मान्यता पाउने बनाउनको लागि घुस दिँदा उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो ।

खरदार सुमन पोखरलले लेखापढीव्यवसायी अशोक शर्मालाई डिल गर्न लगाएको र शर्माले डिल गरिसकेपछि सुमन पोखरेल हुँदै नायब सुब्बा यादव पौडेलसम्म पुगेको पैसा रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले यस घटनालाई सुरुदेखि नै फ्लो गरिरहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?