प्रचण्डको चितवनवासीलाई खुसीको खबर, के भने ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
प्रचण्डको चितवनवासीलाई खुसीको खबर, के भने ?

सारांश

  • ठोरी, १० पुस ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं.
  • ३ मा ठोरी गाँउपालिकालाई गाभिने दावी गरेका छन् ।

ठोरी, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं. ३ मा ठोरी गाँउपालिकालाई गाभिने दावी गरेका छन् ।

ठोरी गाँउपालिकाले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले ठोरीलाई पहिले नै प्रदेश ३ मा गाभ्ने सहमति भएपनि मधेश आन्दोलनका कारण रोकिएको बताए ।

ठोरीका स्थानिय जनताले पटक–पटक प्रचण्डसहित विभिन्न दलका नेताहरुलाई भेटि ठोरीलाई ३ नम्बर प्रदेशमा राख्न माग राख्दै आएका थिए ।

उनले नयाँ बन्ने सरकारको पहिलो प्रथामिकतामा ठोरी रहने बताए । ठोरी गाँउपालिकाले सर्वसम्मत निर्णय गरेर प्रदेश ३ मा गाभिने बताएकाले कार्यान्वयनका लागि सहज भएको प्रचण्डको भनाई छ ।

प्रचण्डले ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने बताए । उनले भने, ‘त्रिदेशिय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण छ, यो निकै छोटो र उत्कृष्ट मार्ग बन्ने छ ।’ चुनावको विजय जुलुसका लागि केपी ओली रसुवा जाने र आफू चितवन आउने संयोगले ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भएको प्रचण्डको दावी छ ।

उनले ठोरी नाकालाई थप व्यवस्थित गर्ने समेत प्रतिबद्धता जनाए । प्रचण्डले आजै बाँदरझुलासहित माडीका विभिन्नठ ठाउँहरुमा कार्यक्रमलाई पनि सम्वोधन गर्नै कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?