लायन्स बुटवल क्षितिजदारा स्वास्थ शिविर सम्पन्न

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
लायन्स बुटवल क्षितिजदारा स्वास्थ शिविर सम्पन्न

सारांश

  • लायन्स क्लव अफ बुटवल क्षितिजले सुद्धोधन गाउपालिका ५ मानपकडिमा स्वस्थ्य शिविर सम्पन्न गरेको छ ।
  • मधुमेह परिक्षण गर्ने उदेश्यले मानपकडि स्वास्थ्य चौकीमा अयोजना गरिएको शिविरमा स्वास्थ्य परिक्षण गराएको क्लवका सहसचिव अाविश्कार खनालले जानकारी दिए ।
  • ४० बर्ष माथिका १ सय ५० जनाले स्वास्थ्य परिक्षण गरेका थिए ।

लायन्स क्लव अफ बुटवल क्षितिजले सुद्धोधन गाउपालिका ५ मानपकडिमा स्वस्थ्य शिविर सम्पन्न गरेको छ । मधुमेह परिक्षण गर्ने उदेश्यले मानपकडि स्वास्थ्य चौकीमा अयोजना गरिएको शिविरमा स्वास्थ्य परिक्षण गराएको क्लवका सहसचिव अाविश्कार खनालले जानकारी दिए । ४० बर्ष माथिका १ सय ५० जनाले स्वास्थ्य परिक्षण गरेका थिए ।   शिविरको उद्याटन गदै सुद्धोधन गाउपालिका वडानम्वर ५ का वडाध्यक्ष पुण्यराज गौतमले ग्रामिण क्षेत्रमा आई क्लवले शिविर संचालन गरेकोमा धन्यवाद दिनुभयो । उहाँले सामान्य तय स्वास्थय परिक्षण गर्ने गर्ने बानि नभएका गाउमा शिविर संचालन गर्दा रोगको पहिचान गर्न सकिने भएकाले शिविर फलदायी हुने आशा व्यक्त गर्नुभयो । क्लवका प्रथम उपाध्यक्ष नारायण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुद्धोधन गाउपालिका स्वास्थ्य इकाई संयोजक नन्दराम पौडेल, क्लवका संस्थापक अध्यक्ष राजिव श्रेष्ठ, कार्यक्रम संयोजक डाक्टर नेत्र राना, डाक्टर विवेक मल्लले बोल्नुभएको थियो ।

शिविरमा मधुमेह सगै साधारण स्वास्थ्य परिक्षण पनि गुर्नको सार्थ निशुल्क औषधि समेत बितरण गरिएको थियो । क्ल्वले यस अधि पनि बिभिन्न ग्रामिण क्षेत्रमा पुगि स्वास्थय शिविर सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?