अब बोलपत्र नेपालमा टेन्डरसम्बन्धि सम्पूर्ण सुचना
सारांश
- काठमाडौँ ।
- बोलपत्रसम्बन्धि सम्पूर्ण सुचना दिने बेवसाइट संचालनमा आएको छ ।
- सम्पूर्ण पत्रिकामा प्रकाशित सुचना एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले ‘बोलपत्र नेपाल’ नामक साइट सञ्चालनमा ल्याइएको हो ।
काठमाडौँ । बोलपत्रसम्बन्धि सम्पूर्ण सुचना दिने बेवसाइट संचालनमा आएको छ । सम्पूर्ण पत्रिकामा प्रकाशित सुचना एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले ‘बोलपत्र नेपाल’ नामक साइट सञ्चालनमा ल्याइएको हो । वेब साइटमा सरकारी निकायले आह्वान गर्ने ठेक्कासम्बन्धि सम्पूर्ण जानकारी उपलब्ध हुनेछ ।
नेपालभरिका ठेकेदार र परामर्शदाताले निःशुल्क प्रयोग गर्न सकिने ‘बोलपत्र नेपाल’मा सम्बन्धित व्यक्तिले ‘लगइन’ गरेर जानकारीहरु प्राप्त गर्न सक्ने ‘बोलपत्र नेपाल’का कार्यकारी निर्देशक अमर प्रताप शिंहले बताए ।
प्रताप कन्ट्रक्सनले सञ्चालन गरेको ‘बोलपत्र नेपाल’को मोबाइल एप्स निर्माणका क्रममा रहेको छ । एप्स ‘गुगल प्ले स्टोर’ तथा ‘एप्पल एप स्टोर’बाट डाउनलोड गर्न सकिनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया