कोरियन भाषा परीक्षाको अनलाइन फारम खुल्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ९, २०७३
|
|
६३६ पटक हेरिएको
Shares

सारांश

  • रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ ।
  • मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो ।
  • बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो ।

बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।
पहिलोपटक नेपालमा कोरियन भाषाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएको छ । यसले फराम भर्न रातभर लाइन बस्नुपर्ने बाध्यता हट्नेछ ।

गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको खतिवडाले बताए ।

आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंका तोकिएका शाखामा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

यो वर्षको परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परीक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ ।

आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । उत्पादनमूलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली लैजाने तयारी छ ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भनर्नुपर्नेछ । उत्पादनमूलक क्षेत्रमा र्फम भर्नेले तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।

यसरी भर्नुहोस् फारम

अनलाइन फारम भर्न https://eoers.epsnepal.gov.np/ मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

यसरि भर्नुस फारम 

https://www.youtube.com/watch?v=glm1p07UpPQ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस जिल्ला सभापतिहरुको भेलाले ३८ बुँदे घोषणापत्र, समानुपातिकबाट एकपटक मात्र अवसर
कांग्रेस जिल्ला सभापतिहरुको भेलाले ३८ बुँदे घोषणापत्र, समानुपातिकबाट एकपटक मात्र अवसर
नेकपा वैठकमा दुई अध्यक्षको खुलेरै आलोचना
नेकपा वैठकमा दुई अध्यक्षको खुलेरै आलोचना
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
बैशाख २८ गते आइतबारको राशिफल यस्तो छ
बैशाख २८ गते आइतबारको राशिफल यस्तो छ
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता:प्रदेश १ मा खतिवडा!
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता:प्रदेश १ मा खतिवडा!
राप्रविसं फुटसल: अबिभावक संग यसरि भिडे संगठन !
राप्रविसं फुटसल: अबिभावक संग यसरि भिडे संगठन !
दुई नम्बर प्रदेशको चुनाव स्थगित, असोज २ गते  हुने,
दुई नम्बर प्रदेशको चुनाव स्थगित, असोज २ गते हुने,
सुन्दा हेर्दा अनौठो र विवादित लाग्ने अमेरिकी चुनाव
सुन्दा हेर्दा अनौठो र विवादित लाग्ने अमेरिकी चुनाव
मधेसमा राजनीति भेटघाटमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र
मधेसमा राजनीति भेटघाटमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र
उद्योग मन्त्रालयका लागि ३० अधिकृत पदको दरबन्दी स्वीकृत
उद्योग मन्त्रालयका लागि ३० अधिकृत पदको दरबन्दी स्वीकृत