पारसलाई आकर्षित गराउन हिमानीले लगाइन् कालो पालिस ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पारसलाई आकर्षित गराउन हिमानीले लगाइन् कालो पालिस ?

सारांश

  • काठमाडौँ ।
  • पूर्व युवराज्ञी हिमानी शाह लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिइन् ।
  • गत बुधबार काठमाडौंको नर्भिक अस्पतालमा एमआरआई सेवाका उद्घाटन गर्न हिमानी पुगेकी थिइन् ।

काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिइन् । गत बुधबार काठमाडौंको नर्भिक अस्पतालमा एमआरआई सेवाका उद्घाटन गर्न हिमानी पुगेकी थिइन् ।

निर्वाचनको माहोलले तातिएको मुलुकको पछिल्लो वातावरणमा पूर्व राजपरिवारका सदस्य मौन बसेका थिए । प्रत्यक्षतर्फ निर्वाचनको नतिजा सार्वजनिक भईसकेपछि पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा निस्किए ।

निकै हसिलो मुद्रामा कार्यक्रममा देखिएकी हिमानीले दुवै हातको साइली औंलाको नङमा कालो पालिस लगाएकी थिइन् । अन्य ८ वटा औंलाको नङमा रातो पालिस लगाएकी थिइन् ।

कार्यक्रममा उपस्थितहरुले धेरै उत्सुकताका साथ नियाले हिमानीलाई । साइली औंलाको नङमा उनले कालो पालिस किन लगाइन् ? यो सबैको चासोको विषय बन्यो ।

उनले लगाएको कालो पालिसबारे तथ्य बाहिर नआए पनि ‘युवतीहरु किन कालो पालिस लगाउँछन् ?’ भन्नेबारे केही खोज भइसकेका छन् । खोजअनुसार युवतीहरु आफ्नो ‘सेक्स पार्टनर’ लाई आफूप्रति आकर्षित गर्नका लागि कालो पालिस लगाउने गर्छन् ।

युवतीहरु आफ्नो प्रेमी वा ‘सेक्स पार्टनर’ आफूबाट टाढा भयो भने उसलाई आफूसँग लोभ्याउन वा नजिक ल्याउन धेरैले कालो नङ पालिस लगाउने गर्छन् । अर्थात कालो नङ पालिसलाई विभिन्न ‘रोमान्टी स्टोरी’ मा ‘सेक्स अपिल’ को रुपमा व्याख्या गरिएको छ ।

त्यसो त हिमानीका पति पारस शाह पछिल्लो केही वर्षयता हिमानीसँग टाढिँदै आएका थिए । यतिसम्म कि, पारसले अर्की युवतीसँग प्रेम सम्बन्ध समेत जोडेका थिए ।

केही सातायता भने पारसले हिमानीसँग भेट्न थालेको कुरा बाहिर आएका छन् । साथै उनीहरुको सम्बन्ध सुमधुर बन्न थालेको समाचार बाहिर आएका छन् । स्रोतका अनुसार पारस हिमानीसँग सम्बन्ध सुधार्न चाहेका छन् ।

अचानक हिमानीले साइली औंको नङमा कालो पालिस लगाउनुको रहस्य टाढिएका पति पारसलाई आफूप्रति आकर्षित गराउन वा लोभ्याउन त होइन ?

(https://ausoma.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?