खादाको दुष्प्रचार गरेको भन्दै माइतीघर मण्डलामा विरोध जुलुस

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
खादाको दुष्प्रचार गरेको भन्दै माइतीघर मण्डलामा विरोध जुलुस

सारांश

  • बौद्ध धर्मावलम्वीले पवित्र वस्तुको रुपमा लिने खादा प्रति केही समययता विभिन्न आक्षेप तथा लान्छाना लगाउने किशिमको कृयाकलाप भइरहेको भन्दै विभिन्न संघसंगठनले आज ११ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शनी गर्ने गरेका छन् ।
  • हिमाली बौद्ध धर्मावलम्वीहरुका लागि खादा धार्मिक तथा सांस्कृतिक रुपले निकै महत्वपुर्ण भएका कारण कुरै नबुझी सामाजिक सद्भाव भड्काउने किशिमका अभिव्यक्ति वा गतिविधि नगर्न पनि बौद्धमार्गीहरुले अनुरोध गरेका छन् ।
  • केही दिन अघि नेकपा नेता खगराज अधिकारीले खादा फ्रि तिब्बत बिरोधी नारा लेखिएको हुने आक्षेप लगाएदेखि बौद्धमार्गीहरु आक्रोशित बनेका हुन् ।

बौद्ध धर्मावलम्वीले पवित्र वस्तुको रुपमा लिने खादा प्रति केही समययता विभिन्न आक्षेप तथा लान्छाना लगाउने किशिमको कृयाकलाप भइरहेको भन्दै विभिन्न संघसंगठनले आज ११ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शनी गर्ने गरेका छन् ।

हिमाली बौद्ध धर्मावलम्वीहरुका लागि खादा धार्मिक तथा सांस्कृतिक रुपले निकै महत्वपुर्ण भएका कारण कुरै नबुझी सामाजिक सद्भाव भड्काउने किशिमका अभिव्यक्ति वा गतिविधि नगर्न पनि बौद्धमार्गीहरुले अनुरोध गरेका छन् ।

केही दिन अघि नेकपा नेता खगराज अधिकारीले खादा फ्रि तिब्बत बिरोधी नारा लेखिएको हुने आक्षेप लगाएदेखि बौद्धमार्गीहरु आक्रोशित बनेका हुन् ।

 

समय समयमा आउने यस्ता खादा विरोधी अभिव्यक्तिलाई हिमाली समुदायले खादा प्रतिबन्द्ध लगाउने सुनियोजित षडयन्त्र भएको आशंका गरेका छन् ।

 

हिमाली क्षेत्रमा फूल नपाइने भएपछि फूलको विकल्पमा पूजाआजा लगायतका शुभकार्य गर्दा खादाको प्रयोग गरिन थालिएको विश्वास छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?