शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
३० पटक हेरिएको
Shares
शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने

सारांश

  • तुलसीपुर, १९ पुस ।
  • वर्षौंदेखि बन्द रहेको तुलसीपुरको टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने भएको छ ।
  • पुस २३ गते दाङ– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वर्तमान उपप्रधानमन्त्री कृष्णबहादुर महरा प्लेन चढेरै दाङ पुग्दैछन् भने दाङ–काठमाडौंका लागि टिकट बिक्री पनि शुरु भएको छ ।

तुलसीपुर, १९ पुस । वर्षौंदेखि बन्द रहेको तुलसीपुरको टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने भएको छ । पुस २३ गते दाङ– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वर्तमान उपप्रधानमन्त्री कृष्णबहादुर महरा प्लेन चढेरै दाङ पुग्दैछन् भने दाङ–काठमाडौंका लागि टिकट बिक्री पनि शुरु भएको छ ।

तत्कालका लागि दाङमा तुलसीपुर उपमहानगरपालिकामा टिकट काटिने र तत्काल दाङका विभिन्न ठाउँमा एजेन्सीमार्फत टिकट काट्ने काम सुरु हुने नगरप्रमुख घनश्याम पाण्डेले जनाएका छन् ।

काठमाडौबाट दाङका लागि ७ हजार २ सय र दाङबाट काठमाडौका लागि ६ हजार ८ सय देखि ७ हजार २ सयसम्म भाडादर तोकिएको छ । दाङमा टिकट काट्का लागि तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेललाई ९८५७८२२३७७ मा काठमाडौंमा विष्णु दुलाललाई ९८०२०८००४० मा सम्पर्क गर्न सकिने वताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?