म्यादी प्रहरीमा युवायुवतीको लर्को

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७३
|
|
३३३ पटक हेरिएको
Shares
म्यादी प्रहरीमा युवायुवतीको लर्को

सारांश

  • स्थानीय निकायको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बर्दियाका चौधरी समुदायका युवायुवतीको आकर्षण बढेको छ ।
  • जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा चौधरी समुदायका युवायुवती म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन बिहान ७ बजेदेखि नै लाइनमा बस्दै आएका छन् ।
  • म्यादी प्रहरीको अवधि ५५ दिनको हुने बताइएको छ ।

स्थानीय निकायको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बर्दियाका चौधरी समुदायका युवायुवतीको आकर्षण बढेको छ ।

जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा चौधरी समुदायका युवायुवती म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन बिहान ७ बजेदेखि नै लाइनमा बस्दै आएका छन् ।

म्यादी प्रहरीको अवधि ५५ दिनको हुने बताइएको छ । म्यादी प्रहरी बन्नका लागि नेपाली नागरिक भएको हुनुपर्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न सक्ने, कुनै नैतिक पतन देखिने फौजदारी कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक तथा मानसिकरुपले तन्दुरुस्त रहेको हुनुपर्ने आवश्यक योग्यता रहेको छ ।

आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन मधेसमा हुनै नदिने अडान राखेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सडकमा सङ्घर्ष गरिरहेका बेला निर्वाचनलाई लक्षित गरी सरकारले आह्वान गरेको म्यादी प्रहरी भर्नामा भने मधेसकै युवाको सहभागिता अत्यधिक रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल
वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल
धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प
धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प
निगम थप संकटमा दुई महिना नकट्दै वाइड बडी विमान बिग्रियो
निगम थप संकटमा दुई महिना नकट्दै वाइड बडी विमान बिग्रियो
पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली
पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली
‘अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि विशेष कार्यक्रम ल्याइने’
‘अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि विशेष कार्यक्रम ल्याइने’
चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच वान टु वान वार्ता
चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच वान टु वान वार्ता
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
पारिवारिक विरासत धान्ने तयारी: पर्दामा पनि आमा-छोराकै भूमिकामा देखिने सुनिता र यशवर्धन
पारिवारिक विरासत धान्ने तयारी: पर्दामा पनि आमा-छोराकै भूमिकामा देखिने सुनिता र यशवर्धन
बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे
बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे