प्रदेशको राजधानी सरकारले तोक्न सक्दैन – मन्त्री थापाले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
३५ पटक हेरिएको
Shares
प्रदेशको राजधानी सरकारले तोक्न सक्दैन – मन्त्री थापाले

सारांश

  • २५ पुस, काठमाडौं ।
  • कानुनमन्त्री यज्ञबहादुर थापाले कम विवाद होस् भन्ने तरिकाले प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी भइरहेको बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै मन्त्री थापाले सबै दलहरुसँग सहमति गर्ने प्रयास भइरहेकाले प्रदेश प्रमुख नियुक्ति गर्न ढिलाई भएको बताएका हुन् ।

२५ पुस, काठमाडौं । कानुनमन्त्री यज्ञबहादुर थापाले कम विवाद होस् भन्ने तरिकाले प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै मन्त्री थापाले सबै दलहरुसँग सहमति गर्ने प्रयास भइरहेकाले प्रदेश प्रमुख नियुक्ति गर्न ढिलाई भएको बताएका हुन् ।

यसअघि सोमबार नै प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी भए पनि सबै दलसँग सहमति गरेर मात्रै नियुक्ति गर्ने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवा लागि परेको थापाले बताए ।
अब बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने थापाले बताएका छन् । तयार नपुगेकाले सोमबार मन्त्रीपरिषदको बैठक नै नबसेको जानकारी दिदै मन्त्री थापाले आगामी बैठकले नियुक्ति गर्ने बताए ।

मन्त्री थापाले प्रदेशको राजधानी सरकारले तोक्न नसक्ने स्पष्ट पारेका छन् । प्रदेशसभाले राजधानी नतोकेसम्मका लागि सरकारले संविधान बमोजिम समस्या समाधानको उपाय खोज्ने थापाले बताए ।

अस्थायी राजधानी तोक्ने कुरा संवेदनशील भएकाले सरकार गम्भीर भएको थापाको भनाई छ ।
प्रदेशसभाको दुई तिहाई बहुमतले राजधानी नतोक्दासम्मका लागि सपथ ग्रहण गर्ने ठाउँको बन्दोवस्त भने सरकारले गर्ने जानकारी थापाले दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा राष्ट्रपति कार्यालयको त्रुटी छताछुल्ल
ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा राष्ट्रपति कार्यालयको त्रुटी छताछुल्ल
यी हुन् अपराध अनुसन्धान महाशाखाका प्रमुख र इन्काउन्टरहरू
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
अन्ततः बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई
अन्ततः बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई
किन कापे बर्दियामा महिला-पुरुष
किन कापे बर्दियामा महिला-पुरुष
ब्राजिलः राष्ट्रपतिमा उग्रदक्षिणपन्थी बोल्सोनारु निर्वाचित
ब्राजिलः राष्ट्रपतिमा उग्रदक्षिणपन्थी बोल्सोनारु निर्वाचित
माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी
माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी
काभ्रेमा दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय
काभ्रेमा दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
यी हुन् देशभरका प्रतिनिधिसभा र प्रदेशका उम्मेदवार (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?