प्रधानमन्त्री ओली झापा–मोरङ भ्रमणमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
६१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली झापा–मोरङ भ्रमणमा

सारांश

  • काठमाडौँ, १७ चैत , प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
  • दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ ।
  • उहाँले दमक नगरपालिका परिसरमा आजै अपराह्न आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक गोष्ठीको उद्घाटन गर्नुका साथै मदन भण्डारी रङ्गशालासम्बन्धी छलफलमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ, १७ चैत , प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ ।

उहाँले दमक नगरपालिका परिसरमा आजै अपराह्न आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक गोष्ठीको उद्घाटन गर्नुका साथै मदन भण्डारी रङ्गशालासम्बन्धी छलफलमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि भेटघाट एवं छलफल गर्नुहुनेछ । त्यस्तै भोलि बिहान उहाँले दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुनेछ । भोलि नै प्रधानमन्त्रीले दमकमा निर्माण भएको पशुपक्षी हाटको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोखिम नियन्त्रण गर्न गाउँपालिकामा प्रवेश निषेध
जोखिम नियन्त्रण गर्न गाउँपालिकामा प्रवेश निषेध
छापा मार्दा कालो बजारीको आठ लाख मास्क भेटिएपछि‘
छापा मार्दा कालो बजारीको आठ लाख मास्क भेटिएपछि‘
ओली प्रचण्ड विवाद, तीन दिनपछि वारपार
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने: पूर्वसभामुख ढुंगाना
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने: पूर्वसभामुख ढुंगाना
एमाले-माओवादीको एकता तयारी – संयोजन समितिबाट टुंंग्याउने
एमाले-माओवादीको एकता तयारी – संयोजन समितिबाट टुंंग्याउने
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार
धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार
मनोनयन गर्ने दिन माओवादीमा अाएका तीन जनाले टिकट पाए
मनोनयन गर्ने दिन माओवादीमा अाएका तीन जनाले टिकट पाए
कति प्यारो रहेछ केही कर्मचारीका लागि वन मन्त्रालय! सरुवा हुनै नपर्ने
कति प्यारो रहेछ केही कर्मचारीका लागि वन मन्त्रालय! सरुवा हुनै नपर्ने