जंगली हात्तीले उपद्रो मच्चायो झापामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
जंगली हात्तीले उपद्रो मच्चायो झापामा

सारांश

  • झापामा जंगली हात्तीको उपद्रो निरन्तर रहेको छ ।
  • हात्तीले भद्रपुरमा चार वटा घरमा क्षति पुर्याउनुका साथै अन्नवाली पनि नष्ट गरिदिएको छ ।
  • पाँच वटा जंगली हात्तीको समूहले बुधवार विहान भद्रपुर ४ पृथ्वीनगरका लीलाथापा लिम्बुको पक्की घरको झ्याल, टिनको छाना, गाईगोठ भत्किाइ दिनुका साथै अन्नवाली नष्ट गरि दिएको हो ।

झापामा जंगली हात्तीको उपद्रो निरन्तर रहेको छ । हात्तीले भद्रपुरमा चार वटा घरमा क्षति पुर्याउनुका साथै अन्नवाली पनि नष्ट गरिदिएको छ ।

पाँच वटा जंगली हात्तीको समूहले बुधवार विहान भद्रपुर ४ पृथ्वीनगरका लीलाथापा लिम्बुको पक्की घरको झ्याल, टिनको छाना, गाईगोठ भत्किाइ दिनुका साथै अन्नवाली नष्ट गरि दिएको हो ।

त्यसैगरी सोहि वडाका भीम लिम्बुको ३० मन धान नष्ट गरी मान बहादुर राईको चित्राले बनाएको घर भत्काइ दिएको छ, भने भद्रपुर ३ का नन्दबहादुर आचार्यको भन्साघर र धान सहितको भकारी भत्काइदिएको छ ।

जंगली हात्तीले गाँउघरमा प्रवेश गरेर उपद्रो मचाउन थालेपछि गाँउबासी पिडामा परेका छन् । हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायले हाल सम्म कुनै काम सुरु नगर्दा जंगल आसपासका स्थानीयमा त्रास छाएको पीडित नन्दबहादुर आचार्यले बताए ।

हात्तीको समूहले नगरक्षेत्रको घरमा क्षति पुर्याउनुका साथै अन्य केही स्थानीयको पर्खाल र खेतबारी नष्ट गर्दा करिब १ लाख ५० हजार मुल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

देउनिया खोला छेऊको जंगलमा बस्दै आएका हात्तीले सो क्षेत्रमा दिनहुँ आतंक मचाउन थालेको स्थानीयको भनार्इ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?