भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ८, २०७७
|
|
२१ पटक हेरिएको
Shares
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण

सारांश

  • काठमाडौं, ८ असोज ।
  • भारतले नेपालमा भुकम्पछिको पूननिर्माणका लागि नेपाल सरकारलाई एक अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गरेको छ ।
  • नेपालस्थित् भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धताअनुरुप १ अर्ब ५४ करोड (भारु ९६ करोड) बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

काठमाडौं, ८ असोज । भारतले नेपालमा भुकम्पछिको पूननिर्माणका लागि नेपाल सरकारलाई एक अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गरेको छ । नेपालस्थित् भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धताअनुरुप १ अर्ब ५४ करोड (भारु ९६ करोड) बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

भारत सरकारले आवास परियोजनाअन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको दूतावासले जनाएको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ । दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?