जेलबाटै गोविन्द केसीको आन्दोलनलाई बालकृष्ण ढुंगेलले गरे अभिवादन !
सारांश
- काठमाडौं, पुस २७ ।
- डिल्लीबजार कारागारमा रहेका माओवादी नेता बालकृष्ण ढुङगेलले डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका छन् ।
- २०५० साल असार १० मा ओखलढुङगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई गत कात्तिक १४ गते डेराबाटै पक्राउ गरेको हो ।
काठमाडौं, पुस २७ । डिल्लीबजार कारागारमा रहेका माओवादी नेता बालकृष्ण ढुङगेलले डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका छन् । २०५० साल असार १० मा ओखलढुङगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई गत कात्तिक १४ गते डेराबाटै पक्राउ गरेको हो ।
ढुङगेललाई भेट्न डिल्लीबजार सदरखोर पुगेकी उनकी जेठी छोरी बिनिता ढुङगेलले १५ दिनपछि बुबालाई भेट्न जाँदा यो सन्देश पुर्याइदिन भनेपछि बालकृष्णलाई उद्वृत गर्दै फेसबुकमा बुबाको फोटो राखेर एक स्ट्याटस लेखेकी छन् ।
यस्तो छ बिनिताको स्ट्याटस जस्ताको तस्तैः–
‘इतिहासकै दोस्रो पटक दोस्रो व्यक्ति बनेर अदालती अत्याचार र व्यापारिक न्यायसम्पादनका विरुद्ध आवज बुलन्द गर्दै अदालती अन्यायको विरुद्वमा आन्दोलनको विभिन्न स्वरुपमध्ये एउटा आमरण अनसन जस्तो जोखिमयुक्त आन्दोलन गर्नुहुने डा. गोविन्द केसीको साहस र आन्दोलनलाई ऐक्यबद्धतासाथ मेरो अभिवादन छ ।’
अदालतले ढुंगेललाई १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नुपर्ने भन्दै निर्णय गरिसकेको छ ।
जेल चलान हुँदै गर्दा पूर्व सभासद ढुंंगेलले आफूलाई जनयुद्धकालिन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिएका थिए ।
प्रतिक्रिया