बडा दशै २०७३ का केही झलकहरु…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २७, २०७३
|
|
१३६ पटक हेरिएको
Shares
बडा दशै २०७३ का केही झलकहरु…

सारांश

  • रास्ट्रपति बिध्या देबि भन्डारी आफन्तजनलाइ टीका लगाइदिदै !
  • !
  • !

images-1
रास्ट्रपति बिध्या देबि भन्डारी आफन्तजनलाइ टीका लगाइदिदै !!!
fb_img_1476338326738
पुर्ब प्रधानमन्त्री केपि ओलि ज्यु, चलचित्रकर्मी दिनेश डिसिलाई टीका लगाइदिदै…
fb_img_1476207916805
धर्मलाइ अफिम मान्ने जनयुद्धका नायक पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नो पिताको हातबाट टीका ग्रहण गर्दै…

fb_img_1476207922238
आफ्नै ससुराको हातबाट टीका ग्रहण गर्दै माओवादी नेत्री हिसिला यमि
fb_img_1476340003539
पुर्ब गृहमन्त्री बामदेब गौतम टीका लगाइदिदै…
screenshot_2016-10-13-12-23-44
पुर्ब राजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाउदै गायक योगेश्वर अ्मात्य…
screenshot_2016-10-13-12-22-12 दशैको टीका लगाउने क्रममा गायक योगेश्वर अ्मात्य सन्जय श्रेष्ठ र जेम्स प्रधानको साथमा भिम तुलाधर निर्मल निवासमा…

fb_img_1476340351087आफ्नै बाबुको हातबाट दशैको टीका ग्रहण गर्दै अहिलेका चर्चित नायक अनमोल के.सि.

fb_img_1476339694053
आफ्ना परिवारजनबाट आशीर्वाद थाप्दै अहिलेको चर्चित नायिका प्रियन्का कार्की…

fb_img_1476339788540
ब्लकबस्टर छक्का पन्जाका नायक/निर्माता दिपक राज गिरि आफुले थापेको दक्षिणा देखाउदै…
fb_img_1476340203652अमेरिका रहेकी नेपाली गायिका बसन्ती राई आफ्नो परिवारजन सङ्ग दसैं मनाउदै…
screenshot_2016-10-13-13-06-56दशैको दुखसो पोख्दै चर्चित गायिका आस्था राउत

जब गायक योगेश्वरले पूर्वराजासँग सेल्फी खिच्न आग्रह गरेपछि

screenshot_2016-10-13-12-21-51
पूर्वराजा ज्ञानेन्द्र शाहबाट टीका थाप्न मंगलवार गायक योगेश्वर अमात्य निर्मल निवास बाहिरसम्मको लामो लाइन छिचोलेर निवास भित्र पुगेका थिए ।
पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर गायक अमात्यले आफू बर्षौदेखि यहाँ टीका थाप्न आउने गरेको बताउँदै यसपालि आफू साथीहरूसँग टीका थाप्न आएको पूर्व राजालाई जानकारी गराए ।

पूर्वराजासँग सेल्फी खिच्दै गायक भीम तुलाधर,सन्जय श्रेष्ठ,योगेश्वर अमात्य र जेम्स प्रधान
साथै यो मौकामा पूर्वराजासँग सेल्फी खिच्न इच्छुक रहेको बताए । टीका लगाइदिँदा कुर्सीमै बसिरहेका पूर्वराजा गायक अमात्यको आग्रह सुनेर एक छिन त मुस्कुराए । अमात्यको कुरा बुझेर पूर्वराजा ज्ञानेन्द्र शाहले ओके भने ।
लगतै गायक अमात्यसँगै पूर्वराजाको हातबाट टीका थाप्न निर्मल निवास पुगेका गायक सन्जय श्रेष्ठ,गायक जेम्स प्रधान र गायक भीम तुलाधर पूर्वराजासँग सेल्फी खिच्न उभिए । सँगै आएका जेम्स प्रधानले मोबाइल निकाले र पूर्वराजासँग सबै गायकहरूले एकैसाथ रमाइलो मान्दै सेल्फी खिचे ।यसरी उनीहरूले पूर्वराजासँग पोजदिँदै तीनचारवटा सेल्फी खिच्न भ्याए ।

सेल्फी खिचेपछि सबै गायकले पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वरानी कोमल राज्यलक्ष्मी शाहबाट टीका थापे । टीका थाप्न गायक सन्जय श्रेष्ठ ,जेम्स प्रधान,योगेश्वर अमात्य दौरा सुरुवाल र ढाकाटोपीमा टीका थाप्न आएका थिए भने गायक भीम तुलाधरझै अनौपचारिक पोशाकमै आएका थिए ।
गायक योगेश्वर अमात्यले विगत केही वर्ष अघिदेखि पूर्वराजाको निर्मल निवासमा टीका थाप्न आउने गरेको बताए । घरमा बुबाको हातबाट टीका थापेपछि गायक अमात्य आफ्ना साथीहरूसँगै सिधै पूर्वराजाको हातबाट टीका थाप्न आइपुगेका थिए

हरेक नेपाली चाडपर्वमा विभिन्न मठमन्दिरमा पूर्वराजाबाट पुजाअर्चना भएको स्मरण गर्दै अमात्यले पूर्वराजा अहिले पनि आफूलाई अभिभावक जस्तो लाग्ने बताए । पूर्वराजाप्रतिको सद्भावका कारण हरेक वर्ष टीका थाप्न निर्मल निवास आउने अमात्यले बताए ।
गायक सन्जय श्रेष्ठ विगत चारबर्षदेखि पूर्वराजाबाट दशैंमा टीका थाप्दै आएका छन् । नेपालमा गणतन्त्र आएपनि राजतन्त्रप्रति आफ्नो आस्था नमेटेको भन्दै गायक श्रेष्ठले पूर्वराजाप्रति आफ्नो आस्था व्यक्त गरे । उनले भने ‘अहिले पनि मलाई राजाकै हातबाट टीका लागेको अनुभूति हुन्छ ,यसमा मलाई गौरव लाग्छ ।’
जेम्स प्रधान भने विगत ८ वर्षदेखि पूर्वराजाबाट टीका थाप्दै आएका छन् । जेम्सले भने– ‘राजासँग प्रत्यक्षरुपमा भेटेर टीका थाप्दा मलाई गौरव लाग्दछ । यसरी पूर्वराजाबाट टीका लगाउँदा सकारात्मक अनुभूति हुने गायक जेम्सले बताए ।

प्रस्तुति : समीप गौतम
फोटो सोर्स : फेसबुक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज लोकतन्त्र दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
आज लोकतन्त्र दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
गायक सञ्जीव पराजुलीलाई किन छैन पीर ? (भिडियो)
गायक सञ्जीव पराजुलीलाई किन छैन पीर ? (भिडियो)
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
कर्तव्य ज्यान मुद्दाको अभियुक्तलाई कांग्रेसले मन्त्री बनायो
कर्तव्य ज्यान मुद्दाको अभियुक्तलाई कांग्रेसले मन्त्री बनायो
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको परीक्षा आइतवार हुने
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको परीक्षा आइतवार हुने
आठ वर्षीया बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ
आठ वर्षीया बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ
भने जतिको अलेचिको दाम् नपाएर किसान मर्कामा
भने जतिको अलेचिको दाम् नपाएर किसान मर्कामा

तपाईंले छुटाउनुभयो कि?