डा. गोविन्द केसीलाई कांग्रेस नेता रामशरण महतको कडा चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
डा. गोविन्द केसीलाई कांग्रेस नेता रामशरण महतको कडा चेतावनी

सारांश

  • काठमाडौं, २८ पुस ।
  • नेपाली कांग्रेसका नेता डा.
  • रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् ।

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन्।’ अदालतको विषयमा पार्टीको अडान हुन नहुने उनको भनाई थियो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘दलहरुले अदालतलाई प्रभाव पाने कुरा गर्नुहुँदैन्, यो गलत हुन्छ।’ महतले गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको राजिनामा माँगेको विषयप्रति टिप्पणी गर्दै भने,‘जहाँसम्म केसीको माँग छ, राजिनामा दिने वा नदिने भन्ने कुरा प्रधानन्यायाधीशको आफ्नो कुरा हो, तर आरोपका आधारहरु प्रमाािणत गर्नुपर्छ, सत्यता हो कि होईन भन्ने कुरा आउनुपर्छ।’ आरोपका सत्यताहरु बाहिर आउनुपर्नेमा महतले जोड दिए ।

यद्धपी उनले केसीले उठाएका शैक्षिक तथा स्वास्थ्यसम्बन्धी माँगहरुमध्ये आफू अर्थमन्त्री हुँदा कतिपय माँगहरु पूरा गरिदिएको पनि जानकारी दिए । उनले भने,‘केसीले उठाएका मेडिकल एडुकेशनसम्बन्धीका माँगमा राम्रा कुराहरु छन्, तीनलाई सम्बोधन गर्न मैलेपनि पहल गरेकै हो ।’ नेता महतले प्रधानन्यायाधीश वा न्यायाधीशहरुको बारेमा कुनै विवाद भए छानबिन गर्न न्याय परिषद र संवैधानिक परिषद भएकोले यस विषयमा यी दुई निकायले निक्र्यौल गर्ने विषय भएको पनि स्पष्ट पारे ।

उनले भने,‘प्रधानन्यायाधीशको उमेर खासगरी नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादबारे छानबिन भएर चाँडो बाहिर आउनुपर्छ, कानूनलाई आधार मानेर निर्णय हुनुपर्छ, तर कानूनलाई मिचेर निर्णय लिनुहुँदैन्।’ अदालत न्यायको मन्दिर भएकोले यसलाई निश्पक्ष ढंगले काम गर्न दिनुपर्ने उनको भनाई छ ।
नेता महतले मुलुकमा निर्वाचनपछि संक्रमणकाल सकिएको भनिएपनि नयाँ संक्रमणको सुरुवात भएको गुनासो पोखे । संघीय प्रणालीमा मुलुक जाँदाखेरि नयाँ खाले संक्रमणहरुको सुरुवातहरु देखिएको उनको भनाई थियो ।

आफूले सुरुवातदेखि नै संघीय व्यवस्था मुलुकले धान्न सक्ने खालको बनाउनुपर्छ भनेर आवाज उठाउँदै आएको र सोही अनुसार विभिन्न लेखहरु समेत लेखेको स्मरण गराउँदै उनले भने,‘अहिले ११५ अर्ब ऋण लिईएको छ, अनुत्पादक खर्चहरु भएका छन्, मितव्ययी बनाउनुपर्छ भनेर म सुरुदेखि नै बोल्दै आएको छु।’ उनले अहिले राजनीतिक रुपमा पनि प्रवृत्ति राम्रो नदेखिएको आरोप लगाए ।

संवैधानिक व्यवस्थामा नै जटिलताहरु भएकोले अहिले नयाँ सरकार गठनमा ढिलाई भैरहेको उनको तर्क थियो । ‘कसैलाई दोष दिने ठाउँ छैन, संविधानमा नै हामीले अप्ठ्यारा प्रावधानहरु राखेका छौं’ महतले अघि भने,‘नयाँ सरकार गठनको लागि जटिलताहरु र समय अलिक बढि लाग्ने खाले प्रावधान राखियो, यसले गर्दा गलत भयो।’

त्यस्तै उनले प्रदेश प्रमुख र अस्थायी राजधानी आज तोक्ने भनिएको भएपनि सरकारले तोक्न नसक्नु दुःखदायी कुरा भएको भन्दै दुखेसो पोखे । उनले भने,‘आज निर्णय भएन, हुनुपर्दथ्यो यो दुःखको कुरा हो, तर अब तुरुन्त निर्णय गर्नुपर्छ, आईतबारसम्म निर्णय हुनुपर्छ।’

महतले चाँडो से चाँडो सत्ता हस्तान्तरण गर्नुपर्ने बताए । उनले भने,‘नयाँ म्याण्डेट अनुसार नयाँ सरकार बन्नुपर्छ, तर अहिलेका प्रधानमन्त्रीको नियत सफा छ, बाध्यकारी भएरमात्रै उहाँ बसिरहनुभएको हो।’

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Govi Nda Gobin

    गदा जस्ता चोर

    Comment Author

    Mahendra Raj Malla

    किन ! भोलि तिम्रो बिरुद्ध अन्सन बस्ला भनेर ?

    Comment Author

    Matha Rabi

    राजनितिको आवरण भित्रका निजिकरणका प्रमुख माफिया जो नागरिकको वाक स्वतन्त्रता माथि धावा बोल्दैछ तर निजको पार्तिको सरकार भने तिनै अनसनरत नागरिकसङ सम्झौता गरेर अनसनको बैधानिता को प्रमाणिकरण गर्छ वाह ! नेपालि काग्रेसको खुराफाती राजनिति …!

    Comment Author

    K.c. Ghan Raj

    फेरि अर्को कुकुर भुक्यो साला जस्तापाता चोर !!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?