जनहितका लागि सेयर गरौँ, किन भयावह बन्दै बाथरुममा लडेर हुने मृत्यु ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
२० पटक हेरिएको
Shares
जनहितका लागि सेयर गरौँ, किन भयावह बन्दै बाथरुममा लडेर हुने मृत्यु ?

सारांश

  • (केहि दिन पहिले शिक्षासेवी डा.
  • बाबुराम पोखरेलको बाथरुममा लडेर मृत्यु भयो ।
  • ) ( यहि पौष ९ गते आइतबार राति बाथरुममा हात धुने क्रममा नेपाल बैंक लिमिटेडका विर्तामोड शाखा प्रमुख ४१ वर्षीय उमेशचन्द्र घिमिरेको आइतबार निधन भयो ।

(केहि दिन पहिले शिक्षासेवी डा. बाबुराम पोखरेलको बाथरुममा लडेर मृत्यु भयो ।)

( यहि पौष ९ गते आइतबार राति बाथरुममा हात धुने क्रममा नेपाल बैंक लिमिटेडका विर्तामोड शाखा प्रमुख ४१ वर्षीय उमेशचन्द्र घिमिरेको आइतबार निधन भयो ।

( केहि समय पहिले मुस्ताङ आएकी दक्षिण कोरियाली नागरिक जुमी आनको मुक्तिनाथ गाउँपालिकाको होटल बममार्नीको बाथरुममा लडेर मृत्यु भयो ।

( गत असोजमा गैँडाकोट ५ बैकुण्ठचोकमा बस्दै आएका अन्दाजी ३५ वर्षिय उमेश प्रसाद मण्डलको बाथरुममा लडेर मृत्यु भयो ।

( खोटाङको माक्पा–३ बेप्लाका २१ वर्षीय खुसीमान राईकोमलेसियामा बाथरुममा लडेर मृत्यु भयो ।)

( नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको बाथरुममा लडेर मृत्यु भयो ।

(त्यस्तै भारतका चर्चित बाबा राम कृपाल महाराजदेखि माइकल ज्याक्सनको पनि बाथरुममै लडेर मृत्यु भएको थियो ।)

यी त हुन् केही प्रतिनिधि उदाहरण । बाथरुम अँध्यारो हुनु, चिप्लो हुनु, साबुन र सेम्फुको चिप्लो रहनु, बाथरुममा पानीको काम पर्नु, बाथरुमको भुइँ चिप्लो हुनु, खस्रो सोल भएको चप्पल प्रयोग नगर्नु, राती अर्धहोशमै बाथरुम जानु लगायतका दर्जनौ कारणले गर्दा बाथरुममा दुर्घटना दिन प्रतिदिन बढिरहेको छ ।

बाथरुममा लड्दा मृत्यु हुने प्रमुख कारण हेड इन्जुरी हो भने अपांगता हुने प्रमुख कारण इस्पाइनल इन्जुरी हो । बाथरुममा लड्दा जुन अंगमा ठोकिन्छ, त्यहि अंग र संगै रहेको हड्डीमा असर पर्ने हुँदा आँखा गुम्ने, दाँत भाँचिने, करङ भाँचिने, मेरुदण्ड भाँचिने, हातखुट्टा भाँचिने, शरीरका भित्री अंगमा रगत जम्ने, भित्रि अंगलाई चोट पुग्ने, गर्भवतीको गर्भपतन हुने लगायत धेरै अकल्पनीय स्वास्थ्य समस्या बेहोर्नु पर्दछ ।

तसर्थ बाथरुमलाई सफा, ओसिलो, खस्रो तथा कारणबश लडेमा कम क्षति हुने प्रकारको बनाउनु, खश्रो सोल भएको चप्पल प्रयोग गर्नु, प्रकाशको पर्याप्त व्यवस्था गर्नु, साबुन र सेम्फुको चिप्लो नराख्नु, भिजेका कपडा नराख्ने, मिल्ने ठाउँमा खस्रो कार्पेट राख्ने, बाथरुममा खस्रो टायल लगाउने , सकभर ट्वाइलेट र बाथरुम अलग अलग बनाउने, चस्मा प्रयोग गर्ने व्यक्तिले बाथरुम जाँदा पनि चस्माको प्रयोग गर्ने, राति उठेर केहि मिनेट बसेपछि अर्थात पूर्ण होसमा आएपछि मात्र बाथरुममा जानु, निद्रा लाग्ने औषधि सेवी, मादक पदार्थसेवी, उच्च रक्तचाप भएका तथा बृद्धबृद्धाले बिशेष ख्याल गर्नुपर्ने स्ता धेरै उपाय गर्नु जरुरी छ । यो उपेक्षित गरिएको तर सबैतिर भइरहेको ठूलो स्वास्थ्य समस्या हो । तसर्थ बेलैमा बाथरुम सुरक्षा चेतना हामीले नफैलाए कसले फैलाउने ?

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?