आफुले पाएको दानलाई कसरी परोपकारमा खर्चिदैछन् यी लामा ?
सारांश
- ‘करुणा, दया र शान्तिको अभ्यास, सहयोगी मन’ अभियान लिएर हिडिरहेका छन् आचार्य कर्मा रिन्जिङ शेर्पा ।
- आफ्नो यही अभियानलाई सार्थकता दिन उनी समय मिलाएर सामाजिक गतिविधिमा पनि सरिक भइरहेका छन् ।
- हालै उनले सिन्धुपाल्चोक जिल्लाको एक विकट गाउँमा पुगी त्यहाँका विद्यालय र विद्यार्थीलाई सहयोग गरेका छन् ।
‘करुणा, दया र शान्तिको अभ्यास, सहयोगी मन’ अभियान लिएर हिडिरहेका छन् आचार्य कर्मा रिन्जिङ शेर्पा । आफ्नो यही अभियानलाई सार्थकता दिन उनी समय मिलाएर सामाजिक गतिविधिमा पनि सरिक भइरहेका छन् । हालै उनले सिन्धुपाल्चोक जिल्लाको एक विकट गाउँमा पुगी त्यहाँका विद्यालय र विद्यार्थीलाई सहयोग गरेका छन् ।
शुक्रबार सिन्धुपाल्चोकको भोटेनाम्लाङ गाउँपालिकाको भोटेनाम्लाङ विद्यालयमा पुगी आचार्य कर्मा रिन्जिङले ६२७ विद्यार्थीलाई स्वेटर, शैक्षिक सामग्री र निशूल्क स्वास्थ्य परिक्षण गरे । स्वास्थ्य परिक्षणका लागि उनी चिकित्सक सहितको टोली लिएर त्यहाँ पुगेका थिए ।
विद्यार्थीलाई स्वेटर, शैक्षिक सामाग्री र स्वास्थ्य परिक्षण गराएका आचार्य कर्मा रिन्जिङले अभिभावकको स्वास्थ्य परिक्षण गराए । स्वास्थ्य परिक्षणमा ३१० अभिभावक सहभागि भएका थिए ।
प्रतिक्रिया