‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल
सारांश
- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकतानुसार नै सरकारले केही वर्षअघि पशुपतिनाथमा नेपाली पुजारी राख्ने प्रचलन सुरु गर्न खोजेको बताएका छन् ।
- पशुपतिनाथका मूल भट्टमा त्यतिबेला नियुक्त हुनुभएका डा विष्णु दाहालले लेखेको ‘पशुपतिनाथमा सात दिन’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै उनले भने – ”त्यतिखेर गरेको निर्णय गलत थिएन भन्नेमा म विश्वस्त छु ।
- कला पुगेन होला, त्यसमा भने म सहमत छु ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकतानुसार नै सरकारले केही वर्षअघि पशुपतिनाथमा नेपाली पुजारी राख्ने प्रचलन सुरु गर्न खोजेको बताएका छन् ।
पशुपतिनाथका मूल भट्टमा त्यतिबेला नियुक्त हुनुभएका डा विष्णु दाहालले लेखेको ‘पशुपतिनाथमा सात दिन’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै उनले भने – ”त्यतिखेर गरेको निर्णय गलत थिएन भन्नेमा म विश्वस्त छु । कला पुगेन होला, त्यसमा भने म सहमत छु । तर निर्णय नै गलत थियो भन्नेमा म छैन । ’’
पशुपतिनाथका मूल भट्टमा त्यतिबेला नियुक्त हुनुभएका डा विष्णु दाहालले लेखेको ‘पशुपतिनाथमा सात दिन’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै उनले भने – ”त्यतिखेर गरेको निर्णय गलत थिएन भन्नेमा म विश्वस्त छु । कला पुगेन होला, त्यसमा भने म सहमत छु । तर निर्णय नै गलत थियो भन्नेमा म छैन । ’’
प्रधानमन्त्रीले पशुपति, राष्ट्रपति सेनापतिलगायत प्रकरणमा नेपाली जनताको भावना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको उल्लेख गर्दै केही कार्यशैलीगत कमजोरीका कारण निष्कर्षमा पुग्न नसकेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले भने – ‘‘नेपाली जनताको भावना के छ, नेपाल राष्ट्रको आवश्यकता के हो भनेर नै मैले पशुपतिमा के सुधार गर्न आवश्यक छ, सेनापतिमा के सुधार गर्न आवश्यक छ, राष्ट्रपतिमा के सुधार गर्न आवश्यक छ भनेर कदम चालेको थिएँ । त्यसमा मेरो कुनै द्विविधा थिएन । अहिले पनि छैन । खालि शक्ति सन्तुलनको स्थितिलाई हेरेर अलि कलात्मक हुन मैले त्यतिबेला जानिन होला । तर जे मिसन थियो राष्ट्र र जनताको मिसनभन्दा बाहिर थिएन ।’’
सो अवसरमा पूर्वसंस्कृतिमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का नेता गोपाल किरातीले नेपालको गौरवका रुपमा रहेको पशुपतिनाथमा नेपाली पुजारी नै हुनुपर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको र पार्टी समेत प्रतिबद्ध रहेको धारणा राखेका छन् |
सात दिन मूल पूजारीका रुपमा कार्यसम्पादन गर्नुभएका डा दाहालले सो अवधिमा भोग्नुभएको समग्र पक्षलाई समेटेर पुस्तक लेख्नुभएको हो । पुस्तकमा पशुपतिनाथको अन्य पाटा र पक्षका बारेमा समेत उल्लेख गरिएको दाहालले जानकारी दिए
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया