दिल्ली विधान सभा: एकै पटक २० जना सांसदको पद गुम्यो
सारांश
- एजेन्सी, माघ ७ ।
- भारतको राजधानी दिल्लीस्थित आम आद्मी पार्टी सरकारलाई त्यहाँका राष्ट्रपतिले ठुलो झट्का दिएका छन् ।
- चुनाव आयोगपछि राष्ट्रपतिले पनि आम आद्मी पार्टीका २० जना विधान सभाका सांसदलाई अयोग्य ठहर गरेका हुन् ।
एजेन्सी, माघ ७ । भारतको राजधानी दिल्लीस्थित आम आद्मी पार्टी सरकारलाई त्यहाँका राष्ट्रपतिले ठुलो झट्का दिएका छन् । चुनाव आयोगपछि राष्ट्रपतिले पनि आम आद्मी पार्टीका २० जना विधान सभाका सांसदलाई अयोग्य ठहर गरेका हुन् ।
चुनाव आयोगले लाभको पदको मामिलामा दिल्लीको सत्ताधारी आम आद्मी पार्टी (आप) का २० विधायकलाई अयोग्य ठहर गरेको थियो । त्यसपछि ‘आप’ ले चुनाव आयोगको सिफारिसविरुद्ध दिल्ली उच्च अदालतमा गुहार मागेको थियो । जहाँ उच्च अदालतले आपका विधायकबारे निर्वाचन आयोगको सिफारिसविरुद्ध अन्तरिम आदेश दिन इन्कार गरेको थियो ।
दिल्लीको केजरीवाल सरकारले २०१५ मा ‘आप’ पार्टीका २१ विधायकलाई संसदीय सचिव बनाएको थियो । त्यसपछि प्रशान्त पटेल नामका वकीलले लाभको पद लिएको बताउँदै राष्ट्रपतिसँग यी विधायककको सदस्यता समाप्त गर्न माग गरेका थिए । यसबीचमा विधायक जनरल सिंहले अघिल्लो वर्ष राजीनामा दिएपछि यस मामिलामा फसेका विधानसभाका सदस्यको संख्या २० मा झरेको थियो ।
आम आद्मी पार्टीले मुख्य चुनाव आयुक्त एके ज्योति आफ्नो अवकाश भन्दा पहिले सारा थन्किएका काम सक्न लागेको बताउँदै त्यहीकारण आयोग फटाफट पुराना मामिला मिलाउन लागेको आरोप लगाएको थियो । उनी यही २२ तारिखमा अवकाशमा जाँदैछन् । दिल्लीको सत्ताधारी पार्टीले यस्तो निर्णय गर्नै नसक्ने बताउँदै यसको टुंगो अदालतमा हुने बताउँदै आएको थियो । पार्टीले विधायकहरुको कुरा नै नसुनिएको गुनासो गरेको थियो ।
भारतीय संविधानको अनुच्छेद १०२(१)(ए) र १९१ (१)(ए) का अनुसार संसद या विधानसभाका कुनै पनि सदस्य यदि लाभको कुनै पनि पदमा बसेमा उसको सदस्यता खारेज गर्न सकिन्छ । यो लाभको पद केन्द्र र राज्य कुनै पनि सरकारमा जोडिन सक्छ ।
जसले विधायकबाट हात धुनुपर्यो
१. प्रवीण कुमार
२. शरद कुमार
३. आदर्श शास्त्री
४. मदन लाल
५. चरण गोयल
६. सरिता सिंह
७. नरेश यादव
८. जरनैल सिंह
९. राजेश गुप्ता
१०. अलका लाम्बा
११. नितिन त्यागी
१२. सञ्जीव झा
१३. कैलाश गहलोत
१४. विजेन्द्र गर्ग
१५. राजेश ऋषि
१६. अनिल कुमार वाजपेयी
१७. सोमदत्त
१८. सुलबीर सिंह डाला
१९. मनोज कुमार
२०. अवतार सिंह
Sam Bahadur Tamang
Good