कुन अर्थमन्त्रीको पालामा कति थियो वजेट?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कुन अर्थमन्त्रीको पालामा कति थियो वजेट?

सारांश

  • काठमाडाै, ११ जेठ ।
  • पछिल्ला एक दशकयता बजेटको आकार ह्वात्तै बढेको छ ।
  • डा  बाबुराम भट्टराई अर्थमन्त्री हुँदा  आर्थिक बर्ष ०६५/६६ मा  दुई खर्ब ३६ अर्ब एक करोड ५८ लाख ९७ हजारको बजेट ल्याएका थिए ।

काठमाडाै, ११ जेठ । पछिल्ला एक दशकयता बजेटको आकार ह्वात्तै बढेको छ ।

डा  बाबुराम भट्टराई अर्थमन्त्री हुँदा  आर्थिक बर्ष ०६५/६६ मा  दुई खर्ब ३६ अर्ब एक करोड ५८ लाख ९७ हजारको बजेट ल्याएका थिए ।

यस्तै सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा ६६ /६७  मा दुई खर्ब ८५ अर्ब ३३ करोडको बजेट ल्याइएको थियो ।
आव ०६७/ ६८ मा  सुरेन्द्र  पाण्डे नै अर्थमन्त्री थिए । त्यो समयमा ३  खर्ब ३७ अर्ब ९० करोडको बजेट प्रस्तुत गरेका थिए ।

भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा  ३ खर्ब ८४ अर्ब ९० करोडको बजेट प्रस्तुत गरिएको थियो ।
यस्तै बर्षमान पुन अर्थमन्त्री हुँदा बजेट घोषणा गर्न पाएनन् ।

खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारको अर्थमन्त्री भए शंकर कोइराला उनले ५ खर्ब २० अर्बको बजेट घोषणा गरेका थिए ।

डा रामशरण महत २९ असार ०७१ मा ६ खर्ब १८ अर्ब १० करोडको बजेट प्रस्तुत गरेका थिए ।
यस्तै आव ७२ /७३मा रामशरण महतले ८  खर्ब ४१ अर्ब बजेट प्रस्तुत गरेका थिए ।
पछाडिका अर्थमन्त्री बिष्णु पौडेलले साढे १० खर्बको बजेट सार्वजनिक गरे ।

कृष्ण बहादुर महरा अर्थमन्त्री हुँदा  १२ खर्ब ८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन भएको थियो । यो आर्थिक बर्षमा बजेटको आकार १२ खर्बभन्दा बढी हुने अर्थ मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?