बि.सं.२०७४ साल माघ ८ गते सोमवारको राशिफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
२० पटक हेरिएको
Shares
बि.सं.२०७४ साल माघ ८ गते सोमवारको राशिफल

सारांश

  • मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ ।
  • शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद आउने छ ।
  • खर्चको मात्रा भने बढ्ने नै देखिन्छ ।

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने परोपकारले सन्तोष दिनेछ । साथै आज यहाँले ग्रहको दुष्प्रभावलाई न्यूनिकरण गर्न भगवान गौरीशङ्करको दर्शनभक्ति गर्न सक्नुहुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन आश्वासन पाएको तथा बढी कोसिस गरिएको काम बन्न अल्लि कठिन देखिएको छ । उठ्नपर्ने धन असुली हुनपनि कठिन पर्नसक्ने छ । रपनि कोषमा केही अर्थ सङ्कलन हुनेछ । व्यापार तथा व्यवसायिक कामकार्यबाट केही लाभ गर्नसकिने छ भने जागिर आदितिर पनि सन्तोषकर स्थिति रहनेछ । इष्टमित्र तथा सहयोगी जनको सकारात्मक भूमिका मिल्नेछ । अध्ययन अध्यापन तथा लेखनको कार्यमा पनि सफलता मिल्नेछ । समयको सदुपयोगले थाति रहेका तथा अपेक्षित काम पूरा गर्नसकिने छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग शुभ हुनेछ भने विशेष उपलब्धिको लागि भगवान हनुमानदेवको स्तुति आराधना एवं भगवान शिवको दर्शन भक्ति गर्नु हितप्रद हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन मानसम्मान तथा उच्च संपर्क विस्तारको सम्भावना भएपनि अपेक्षित फल प्राप्ति गर्न ग्रहको अबरोध देखिएको छ । तथापि केही उपलब्धि भने हुनेछ । केही हद्सम्म सम्मानित स्थान प्राप्त हुनेछ भने औकात अनुसारको जिम्मेवारी लिनु ठिकै हुनेछ । कार्यक्षेत्रबाट आर्थिक लाभ गर्नसकिने छ । महत्तवपुर्ण ठानिएको कार्ययोजनाको बारेमा छलफल हुने कुरालाई ग्रहले प्रसय दिइरहेको देखिन्छ तसर्थ केहीहद्सम्म कार्यको भावी रेखाङ्कन हुनसक्ने छ । मुख्यकार्यमा आउने ग्रहको अबरोधलाई निवारणको लागि भगवान श्रीगणेशको श्रद्धाभक्ति उपयुक्त हुनेछ । कुनै विशेष उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूलताको क्रम बढ्दै गएको हुनाले आँटेताकेको काममा सफलता प्राप्त गर्न सक्नुहुनेछ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने तथा धर्मकर्ममा मन जानाले धार्मिक कार्य सम्पादन हुनसक्ने देखिन्छ । जसले गर्दा मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि मन एकतृत हुने तथा लक्ष्मी कृपा हुनेछ । आज अन्य भौतिक उन्नति गर्न पनि सक्नुहुने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले साथ दिइरहेको छ । आज तपाईँको लागि नौ अंक पहेलो रंगको प्रयोग र भगवान आसुतोषको स्तुति ध्यान गर्नुले परिणाम राम्रो आउनेछ । धार्मिक क्षेत्रलाई सहयोग गर्नुले अझ बढी भूमिका निर्वाह गर्नेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन अनुकूल मान्न नसकिने देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने ग्रहप्रभाव छ । दीर्घरोगीले आहारविहारमा बढी ख्याल पुर्याउनुहोला । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा शत्रुप्रभाव बढ्ने सम्भावना रहेको छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्न र शत्रुको प्रभावलाई न्यून गर्न सकिने छ । हतार नगर्नु नै बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि उपयुक्त रहनेछ । कष्टनिवारको लागि भगवान श्रीहरिको एवं आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु होला ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन भौतिक कर्मको लागि उपयुक्त रहने देखिएको छ । व्यापार तथा व्यवसायिक उन्नति हुनाले आर्थिक लाभ मिल्नेछ । पारिवारिक कर्तव्य पूरा गर्नपनि सकिने छ । सांसारिक सुखभोगले मनमा बढी प्रभाव पार्नेछ । दाम्पत्य भूमिकामा बृद्धि हुने तथा प्रेमसम्बन्धलाई समय दिनपर्ने छ । कोसेली प्राप्ति तथा आतिथ्यताको निम्तोको सम्भावना छ । आज यहाँलाई सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने माँ बगलामुखीको श्रद्धाभक्ति सेवा आराधना र विद्वान गुरुजनको आर्शिवाद लिनु शुभप्रद रहनेछ ।
तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन व्यवसायबाट यथेष्ट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने हुनाले कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा विजय मिल्ने तथा सफलता मिल्ने हुनाले आत्मबल यथेष्ट बृद्धि हुनेछ । आरोग्यता र कान्ति बृद्धि हुनेछ भने मानसिक स्वास्थ्यमा दृढता पलाउनेछ । पेशागत विकास र सामाजिक क्षेत्रबाट पनि हैसियत अनुसारको प्रख्याति तथा प्रतिष्ठा लाभ गर्नसकिने देखिन्छ । आज तपाईँले आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग गर्नु अनुकूल रहने छ भने भगवान महादेवको श्रद्धाभक्ति एवं दर्शन गर्नु शुभप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन ज्ञानविवेकको सदुपयोग गर्नसकिने र प्रशंसा मिल्ने रहेको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने छ । ज्ञानोदयको ग्रहप्रभावले कलाकौशलता बढाउने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रनसकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । बुद्धिको चलख्याईले प्रमि तथा प्रेमिकालाई आकर्षण गर्न सकिनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्ग फापकर हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

 

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन अल्लि होसियारी पुर्याउनपर्ने खालको रहेको छ । कामकार्यमा विभिन्न दृष्यादृष्य अबरोध आउनसक्ने छन् । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु पनि आइलाग्न सक्नेछन् । अल्लि बढी परिश्रमबाट मात्रै अल्पलाभ एवम् सफलता मिलनसक्ने छ । आफ्नै विचारमा संकोचको भावनाले दुख दिनसक्ने र नसो“चेको झमेला आइपर्नसक्ने पनि सम्भावना छ ख्याल गर्नुहोला । अनावश्यक आसक्ति नगरेकै राम्रो हुनेछ भने आफूमा केही सहने क्षमताको विकास गर्नाले पनि सम्भावित पछुतोबाट बच्न सकिने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना छ, आफ्नो गोपनीयता नखुस्काउनु होला ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन उद्यमकार्य सम्पादन गर्न सकिने छ । पुरुषार्थ बढ्ने र कामकार्यमा निकै मनलाग्ने छ भने विशेष कार्यकोयोजना पनि बन्नसक्ने छ । अभिष्ट सिद्धि तथा स्फुर्तिकर ग्रहयोग परेको देखिन्छ, समयको सदुपयोग गरेर अर्थात उन्मादि फुर्तिलाई संयम गरेर अगाडि बढेमा बा“की रहेको कार्य पूर्ण गर्नसकिने छ भनेमहत्त्वपूर्ण कार्ययोजना तथा विचारविमर्श हुने र व्यवसायिक लाभ प्राप्त गर्नसकिने छ । आज तपाईको लागि भगवान महाकालेश्वर शिवको सेवा आराधना गर्नु थप सफलता कारक हुनेछ भने हरियो रंग र तेस्रो क्रमसँख्यालाई ग्रहण गर्नु उपयुक्त हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सकारात्मक नै देखिएको छ । तथापि हुनपर्ने जति काम हुनलाई अल्लि कठिनाई भने पर्नसक्ने छ । बोलीवचनको प्रभाव सकारात्मक नै पर्नेछ भने आर्थिक क्षेत्र पनि सामान्य अनुकूल देखिएको छ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ भने नाता–कुटुम्ब सम्बन्धमा सुधार आउनेछ । सामान्यतया पौरख गर्नसकिने र सफलता एवं लाभ प्राप्त हुने तथा उत्साह बढ्नेछ । आज यहाँहरुको लागि दुई अंक,सेतो रंग उपयुक्त रहने छ । भएकोले भैरवदेवको श्रद्धाभक्ति गर्नु हितप्रद हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन केही हद्सम्म अनुकूल देखिन्छ । तथापि मानसिक आवेग तथा क्रोध बढ्नसक्ने कुरालाई नकार्न सकिन्न । समयको सदुपयोग गर्नाले मानप्रतिष्ठामा बृद्धि हुनेछ । क्षणिक रुपमा भएपनि बोलीव्यवहारले मान्छेलाई प्रभाव पारेर सत्कार्यको लागि आकर्षण गर्न सकिनेछ । उत्साह बृद्धि हुनाले रोकिएर रहेका केही कामकार्यमा सफलता मिल्नेछ । नयाँ कामकार्य आदिको बारेमा पनि सोँच विचार तथा योजना बन्नसक्ने छ । व्यवसाय आदिबाट धनलाभ गर्न सकिने छ भने भौतिक सुख मिल्नेछ । आज तपाईको लागि भैरवदेवको दर्शनभक्ति गर्नु शुभकर हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोहर गर्नेलाई ठाउँका ठाउँ डण्डा चलाउने योजनामा मन्त्री लालबाबु पण्डित
फोहर गर्नेलाई ठाउँका ठाउँ डण्डा चलाउने योजनामा मन्त्री लालबाबु पण्डित
नुवाकोटमा कारबाहीमाथिको कारबाही सुरु
नुवाकोटमा कारबाहीमाथिको कारबाही सुरु
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
लाइसेन्स लिंदा अब यस्तो क्लास लिनुपर्ने नियम
लाइसेन्स लिंदा अब यस्तो क्लास लिनुपर्ने नियम
गौतम बुद्ध विश्व सामु गौरवको सत्पात्र : प्रधानमन्त्री ओली
गौतम बुद्ध विश्व सामु गौरवको सत्पात्र : प्रधानमन्त्री ओली
पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु
मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ
मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ
कागजमा मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँ : सांसद वाग्ले
कागजमा मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँ : सांसद वाग्ले
मोदी भ्रमण-होटल र लजमा समेत निगरानी राख्न निर्देशन
मोदी भ्रमण-होटल र लजमा समेत निगरानी राख्न निर्देशन
भारतीय प्रधानमन्त्री मोदीकी पत्नी दुर्घटनामा घाइते

तपाईंले छुटाउनुभयो कि?