सर्लाहीमा उम्मेदवार छान्न दलहरुलाई सकस
सारांश
- सर्लाही, कात्तिक १२ – सर्लाहीमा राजनीतिक दललाई आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न सकस परेको छ ।
- जिल्लामा क्रियाशिल दलहले केन्द्रमा सम्भावित उम्मेद्वारहरुको नाम सिफारिस गरेर पठाए पनि टिकटको टुंगो अझै लाग्न सकेको छैन्।
- आकांक्षी उम्मेदवार धेरै भएकाले दलहभित्र कसलाई टिकट दिने भन्ने विवाद चर्किदै गएको छ।
सर्लाही, कात्तिक १२ – सर्लाहीमा राजनीतिक दललाई आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न सकस परेको छ । जिल्लामा क्रियाशिल दलहले केन्द्रमा सम्भावित उम्मेद्वारहरुको नाम सिफारिस गरेर पठाए पनि टिकटको टुंगो अझै लाग्न सकेको छैन्।
आकांक्षी उम्मेदवार धेरै भएकाले दलहभित्र कसलाई टिकट दिने भन्ने विवाद चर्किदै गएको छ। पार्टीमा वर्षौदेखि योगदान गरेका र अर्को पार्टी परित्याग गरी भर्खरै पार्टीमा प्रवेश गरेका मध्ये कसलाई टिकट दिने भन्ने निर्णय लिन नसक्दा दलहरुले उम्मेदवार चयन गर्न नसकेका हुन। चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले पनि जिल्लाका ४ निर्वाचन क्षेत्र मध्ये कुन निर्वाचन क्षेत्र कसले लिने भन्ने सहमति गर्न सकेका छैनन्।
त्यस्तै जिल्लामा सक्रिय नेपाली कांग्रेस, राजपा नेपाल, फोरम नेपाललगायतका दललाई पनि उम्मेद्वार चयन गर्न गाह्रो परेको छ। दलहरुभित्र कतिपय नेताले आफूले टिकट नपाए पार्टी नै छाड्ने चेतावनी दिइरहेकाले टिकट वितरणमा थप चुनौति थपिएको हो। मंसिर २१ को चुनाव नजिकिँदै जाँदा दलहरुले उम्मेद्वार छान्न नसक्दा आम मतदातामा अन्यौल छाएको छ। सर्लाहीमा ४ प्रतिनिधिसभा र ८ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र कायम गरिएको छ ।
प्रतिक्रिया