अमजद खान कसरी बने गब्बर सिंह ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
अमजद खान कसरी बने गब्बर सिंह ?

सारांश

  • बलिउड फिल्म शोलेका गब्बर सिंह अर्थात् अमजद खान भारतीय फिल्म उद्योगकै त्यस्ता कलाकार हुन् जो एउटै फिल्मको कारण जीवनभर चर्चामा रहे ।
  • भनिन्छ शोले प्रदर्शन भएको केही वर्षसम्म कुनै बालबालिका रोए भने फकाउनका लागि आमाहरुले ‘सुत बाबु अहिले फेरी गब्बर सिंह आउँछ’ भन्ने गर्थे ।
  • धेरैलाई थाहा नहुन सक्छ गब्बर सिंहको रोलका लागि सुरुमा अमजद खानलाई अफर गरिएको थिएन ।

बलिउड फिल्म शोलेका गब्बर सिंह अर्थात् अमजद खान भारतीय फिल्म उद्योगकै त्यस्ता कलाकार हुन् जो एउटै फिल्मको कारण जीवनभर चर्चामा रहे ।

भनिन्छ शोले प्रदर्शन भएको केही वर्षसम्म कुनै बालबालिका रोए भने फकाउनका लागि आमाहरुले ‘सुत बाबु अहिले फेरी गब्बर सिंह आउँछ’ भन्ने गर्थे । धेरैलाई थाहा नहुन सक्छ गब्बर सिंहको रोलका लागि सुरुमा अमजद खानलाई अफर गरिएको थिएन । गब्बर सिंहको रोल सुरुमा डेनी डेजजोङ्पालाई भनिएको थियो । डेनीले अभिनय गर्ने भनेर स्क्रिन नामको पत्रिकामा फोटो समेत छापिएको थियो ।

तर त्यही समय डेनी धर्मात्मा फिल्मको सुटिङका लागि अफगानिस्तान जानु पर्ने भए पछि उनले गब्बर सिंहको रोल छोडे । डेनी नभए पछि सलमान खानका पिता सलिम खानले जावेद अख्तरलाई अमजद खानको बारेमा बताए । जावेदले अमजदलाई केही वर्ष पहिले नै दिल्लीमा कुनै एक नाटकमा अभिनय गर्दैगर्दा देखेका थिए ।

त्यतिबेलाको अमजदको अभिनयको सलिमले पनि तारिफ गरेका थिए । खतरनाक भिलेनको खोजी रहेका शोलेका लेखकद्वय सलिम र जावेदले तुरुन्तै उनलाई सम्पर्क गरी गब्बर सिंहको रोलमा अभिनय गर्न प्रस्ताव राखे । यसरी डेनीले नभ्याए पछि मौका पाएका तीन अमजद खान फिल्म प्रदर्शन भए पछि यति चर्चित बनेकी कि मान्छेले उनको वास्तविक नाम नै बिर्सिए । धेरै फिल्ममा अभिनय गरेका थिए अमजदले । तर उनलाई जीवनपर्यन्त सम्झि रहने माध्यम भने शोलेको गब्बर सिंहको रोल मात्रै बन्यो ।
अमजद कतिसम्म चर्चित थिए भने, शोले प्रदर्शन भए पछि उनलाई भारतको एउटा बिस्कुट कम्पनीले ब्राण्ड एमबेसडर नै बनायो । कुनै पनि भारतीय फिल्मको भिलेनले एउटा कम्पनीका लागी ब्राण्ड एम्बेसडर नै बनेको यो पहिलो घटना थियो ।

(winecountry.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
सुरक्षाकर्मीहरूलाई कम मुस्कुराउन निर्देशन
सुरक्षाकर्मीहरूलाई कम मुस्कुराउन निर्देशन
लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनु पर्नेमा प्रचण्डको यस्तो तर्क
लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनु पर्नेमा प्रचण्डको यस्तो तर्क
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने
कुखुरामा रानीखेत रोगको प्रकोप
कुखुरामा रानीखेत रोगको प्रकोप
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
सभामुख–उपसभामुखकाे निर्वाचन ३ चैतभित्रै हुने
सभामुख–उपसभामुखकाे निर्वाचन ३ चैतभित्रै हुने
प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक-भिडियो सहित
प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक-भिडियो सहित
दोषी श्रीमानलाई जोगाउन सम्धीलाई बलात्कारको झुठा मुद्दा
दोषी श्रीमानलाई जोगाउन सम्धीलाई बलात्कारको झुठा मुद्दा

तपाईंले छुटाउनुभयो कि?