सरकारले १ खर्ब ढाँट्यो
सारांश
- काठमाडौं, ९ माघ- सरकारले चालु आर्थिक वर्षको बजेट एक खर्ब रुपियाँ गलत तथ्यांक राखेर बनाएको ६ महिनापछि थाहा भएको आजको नागरिक दैनिकमा खबर छ ।
- यस वर्षको बजेट बनाउँदा अर्थ मन्त्रालयले गत वर्षको बजेटबाट एक खर्ब २ अर्ब ७३ करोड रुपियाँ बचत भई आउने अनुमान गरेको थियो ।
- तर, सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्तकको कार्यालयलले हालै निकालेको तथ्यांकले यस वर्ष एक रुपियाँ पनि बचत भएर आउने अवस्था देखाएको छैन ।
काठमाडौं, ९ माघ- सरकारले चालु आर्थिक वर्षको बजेट एक खर्ब रुपियाँ गलत तथ्यांक राखेर बनाएको ६ महिनापछि थाहा भएको आजको नागरिक दैनिकमा खबर छ ।
यस वर्षको बजेट बनाउँदा अर्थ मन्त्रालयले गत वर्षको बजेटबाट एक खर्ब २ अर्ब ७३ करोड रुपियाँ बचत भई आउने अनुमान गरेको थियो । तर, सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्तकको कार्यालयलले हालै निकालेको तथ्यांकले यस वर्ष एक रुपियाँ पनि बचत भएर आउने अवस्था देखाएको छैन ।
गत वर्ष बचत होइन, सरकार उल्ै ४८ अर्ब घाटामा गएको देखिएको छ । महालेखाको पछिल्लो तथ्यांकले बजेट तयारी गर्ने जिम्मेवारी बोकेका अर्थमन्त्री र अर्थ मन्त्रालयको बजेट टोलीले एक खर्बको हिसाब ‘हचुवा’ मा राखेको देखाएको छ ।
महालेखाका उपमहालेखा नियन्त्रक यदुनाथ भट्टराईले चालु वर्षको बजेटमा गत वर्षको बजेटबाट एक खर्ब २ अर्ब ७३ करोड रुपियाँ बचत भइ आउने भनिएपनि त्यस्तो देखिएको छैन । उनका अनुसार यो वर्षसम्मको हिसाब हेर्दा सरकारको घाटा ७२ अर्ब रुपियाँ पुगिसेको छ ।
प्रतिक्रिया