राष्ट्रियसभाका लागि पाँच नम्बर प्रदेशमा ११ जनाको मनोनयन दर्ता (हेर्नुहोस् नामावली)
सारांश
- दाङ, १० माघ ।
- राष्ट्रियसभा निर्वाचनका लागि पाँच नम्बर प्रदेशको निर्वाचन कार्यालय दाङमा ११ जनाले आज मनोनयन दर्ता गराएका छन् ।
- मनोनयन दर्ता गराउनेहरुमा नेकपा एमालेका ४ जना, नेपाली कांग्रेसका ४ जना, माओवादी केन्द्रका २ जना र राष्ट्रिय जनमोर्चाका १ जना रहेका छन् ।
दाङ, १० माघ । राष्ट्रियसभा निर्वाचनका लागि पाँच नम्बर प्रदेशको निर्वाचन कार्यालय दाङमा ११ जनाले आज मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेहरुमा नेकपा एमालेका ४ जना, नेपाली कांग्रेसका ४ जना, माओवादी केन्द्रका २ जना र राष्ट्रिय जनमोर्चाका १ जना रहेका छन् ।
कुन पार्टीका कसले गरे मनोनयन दर्ता ?
कम्युनिष्ट पार्टी एमाले
१. रामलखन हरिजन (दलित)
२. खिमलाल भट्टराई (खुला)
३. मीना बुढा (महिला)
४. कोमल वली (महिला)
माओवादी केन्द्र
१. राजकुमार कुँवर (अल्पसंख्यक र अपांग)
२. चन्द्रबहादुर खड्का (खुला)
नेपाली कांग्रेस
१. दुर्गाप्रसाद उपाध्याय (अन्य समूह)
२. अनिता देवकोटा (महिला)
३. मैकुलाल बाल्मिकी (दलित)
४. लुटबहादुर खत्री (अपांग)
राष्ट्रिय जनमोर्चा
१. रश्मिराज नेपाली (खुला)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया